काठमाडौँ, १३ वैशाख ः नेपाल फोटो पत्रकार समूहले आयोजना गरेको राष्ट्रिय फोटो पत्रकारिता सम्मानबाट दि हिमालयन टाइम्सका फोटो पत्रकार स्कन्द गौतम सम्मानित हुनु भएको छ ।आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले उहाँलाई वर्षको उत्कृष्ठ फोटो पत्रकारिता पुस्कारबाट सम्मानित गर्नुभयो ।पुरस्कारको राशी रु एक लाख र प्रमाणपत्र रहेको छ ।यस्तै राजनीतिक फोटो विधा तर्फ राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ सम्मानित हुनुभएको छ । रु २५ हजार नगद, सम्मानपत्रबाट सभामुख महराले उहाँलाई सम्मान गर्नुभएको हो ।यस्तै स्वतन्त्र फोटो पत्रकारिता पुरस्कारबाट नरेशकुमार श्रेष्ठ, खेलकुद फोटोपत्रकारिताको पुरस्कार कान्तिपुरका पंकज श्रेष्ठले हात पार्दा, मनोरञ्जन विधातर्फ डिसी नेपालका आर्यन धिमाल पुरस्कृत हुनुभयो ।यस्तो मोफसल फोटो पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका मनोज पौडेल सम्मानित हुनुभयो । यस्तै महिला फोटो पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिककी चन्द्रकला श्रेत्री, व्यवसायिक फोटो पत्रकारिता पुरस्कारबाट आर्थिक अभियान दैनिकका सागर श्रेष्ठले पुरस्कार हात पार्दा, दैनिक जनजीवन फोटो पत्रकारिता विधामा दि हिमालयन टाइम्सकै गौतम पुसरुकृत हुनुभयो ।यस्तै क्रियाशिल फोटो पत्रकारिताको पुरस्कार धादिङ पोस्ट डटकमका नारायण सिल्वाल, अनलाइन फोटो पत्रकारिता विधा तर्फ प्रविन कोइराला र पर्यटन तथा संस्कृति फोटो पत्रकारिता तर्फ राजधानी दैनिकका सुशीलकुमार श्रेष्ठ पुरस्कृत हुनुभयो । सबै विधाका पुरस्कृत फोटो पत्रकारको पुरस्कारको राशी रु २५ हजार नगद, प्रमाणपत्र रहेको छ ।यस्तै लाइफ टाइम्स अचिभमेन्ट अवार्डबाट वरिस्ट फोटो पत्रकार गोपाल चित्रकार पुरस्कृत हुनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख कृष्णबहादुर महराले जोखिमपूर्ण काम भए पनि फोटो पत्रकारले सत्यको उजागर गर्ने भएकाले आगामी दिनमा थप सफलताको कामना गर्नुभयो ।उहाँले इतिहासको साक्षीका रुपमा रहने फोटोपत्रकारको मेहनत, कला र सीपको सम्मान गर्दै आगामी दिनमा थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय फोटोपत्रकार समुहद्धारा आयोजना गरेको ग्लोवल आइएमई द्रोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४को विजेताको नामावलीहरु ।
Global IME Life Time Achievement Award 2074
Gopal Chitrakar
Mega Bank Best Photojournalism of the year 2074
Skanda Gautam(THT)
Panchakanya Group Business Photojournalism Award 2074
Sagar Basnet (Abhiyan Daily)
KIEC Global Female Photojournalism Award 2074
Chandrakala Kshetri (Naya Patrika)
Patan Path Lab Freelance Photojournalism Award 2074
Naresh Kumar Shrestha (Freelance Photojournalist)
Nepal Telecom Daily Life Photojournalism Award 2074
Skanda Gautam (THT)
Thaha Darshan Adhyan Pratisthan Political Photojournalism Award 2074
Ratna Krishna Shrestha (RSS National News Agency)
Heavy Help Link Online Photojournalism Award 2074
Prabin Koirala (nepalkhabar.com)
Godavari Village Resort Tourism and Cultural Photojournalism Award 2074
Sushil Kumar Shrestha (Rajdhani Daily)
Sports Photojournalism Award 2074
Pankaj Shrestha (Kantipur Media Group)
Entertainment Photojournalism Award 2074
Aryan Dhimal (DCnepal.com)
Provincial (Mofussil) Photojournalism Award 2074
Manoj Poudel (Kantipur Daily, Kapilbastu)
NFPJ Active Member Photojournalism Award 2074
Narayan Bahadur Silwal (Dhadingpost.com)
नेपाल फोटो पत्रकार समूहले आयोजना गरेको राष्ट्रिय फोटो पत्रकारिता सम्मानबाट दि हिमालयन टाइम्सका फोटो पत्रकार स्कन्द गौतम सम्मानित हुनु भएको छ
Latest Events & News
- वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान
- राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधागत र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित
- आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै
- “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
- उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता