राष्टिय« फोटोपत्रकार समूहद्धारा आयोजना गरिएको राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७५ को लागि मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम “ नेपाल लाइफ इन्स्योरेन्स राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५” हुने छ । साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपल लाइफ इन्स्योरेन्सको नामबाट वितरण गरिने भएको छ । शुक्रबार औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट कर्पोरेट प्रमुख पवन कुमार खड्का बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार नगद सहित ट्रफी र सम्मान पत्रले सम्मानित गरिनेछ । उक्त अवार्ड लगायत अन्य १४ विधाका अवार्ड पुरस्कार होटल अन्नपूर्ण दरबारमार्गमा यहि बैशाख १३ गते विषेश कार्यक्रम गरि बितरण गरने छ । उक्त कार्यक्रममा गोल्डस्टार सुज खेलकुद फोटोपत्रकारिता अवार्ड,नेपाल टेलीकम डेली लाइफ फोटोपत्रकारिता अवार्ड ,पन्चकन्या ग्रुप आर्थिक फोटोपत्रकारिता अवार्ड, थाहा अध्ययन राजनैतिक फोटोपत्रकारिता अवार्ड,लगायत विभिन्न अन्य अवार्डहरुमा आइएमईगु्रप,नेपाल एयरलाइन्स,इसेवा,देउराली जनता,नेपाल चेम्वरअफ कमर्स , होटलअन्नपूर्ण , रुस्लान म्यूजीक लगायतको सहयोग रहेको छ ।
फोटो क्याप्सन ः “नेपल लाइफ तेस्रो राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५” को लागि मुख्य प्रायोजन गर्ने संस्था नेपाल लाइफ इन्स्योरेन्सका कार्पोरेट प्रमुख पवनकुमार खड्का र आयोजक संस्थाका संयोजक प्रदीपराज वन्तबीच सम्झौतापत्रमा हस्ताक्षर पछि सम्झौता पत्र आदन–प्रदान गर्दै । साथमा नेपाल लाइफका सूचना तथा ब्रान्ड विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरी र आयोजक कमिटिका सदस्य तेज बहादुर बस्नेत र मुकुन्द कालिकोटे । तस्बिरःराष्ट्रिय फोटोपत्रकार समूह नेपाल