सौराहामा २ दिने फोटो पत्रकारिता तालिम सम्पर्न

Jan 16, 2022
चितवन २३ पुष, राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको आयोजनामा चिवननको रत्ननगर नगरपालिकास्थित सौराहामा २ दिने फोटो पत्रकारिता तालिम आजबाट सम्पर्नभएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले तालिमको उद्घाटन गरेका हुन् । बानियाँले भने । उनले पत्रकारिताका अन्य विधा जस्तै फोटो पत्रकारितामा पनि रुपान्तरण आवश्यक रहेको बताउँदै त्यसमा आफ्नो तहबाट सहयोग गर्न पनि तयार रहेको बताए ।
त्यस्तै बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त र बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारीले दुई दिने तालिमले फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकाहरुलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।
सहभागीहरूलाई राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त, महासचिव नवराज श्रेष्ठ, वरिष्ठ फोटो पत्रकार शुसील श्रेष्ठ र सुनिल शर्माले फोटो पत्रकारिता सम्बन्धि आधारभूत तालिम प्रदान गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका १३ वटा जिल्लाबाट ३० पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रम समूहका बागमती प्रदेश अध्यक्ष नारायण शिलवालको अध्यक्षतामा भएको हो ।