काठमाडौं, बैशाख १३ गते मंगलवार बिभिन्न कार्यक्रम गरी राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइएको छ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपला (एनएफपिजे)को आयोजनामा दिवस मनाइएको हो ।
१९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलो पटक फोटो समाचारको रुपमा प्रकाशन भएका थियो । विरगञ्जकी एक महिलाले चर्खाबाट धागे कात्दै गरेको फोटो गोरखापत्रमा प्रकासीत भएको दिनको सम्झनामा नेपलको फोटो पत्रकारहरुले बैशाख १३ को दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउदै आएको छ ।
दिवस मनाउने क्रममा राष्ट्रिय फोटोपत्रकार समूहले काठमाण्डौको भृकुटिमण्डप देखी प्रभातफेरीको आयोजना गरेको थियो । प्रभातफेरी बसन्तपुर दरवार क्षेत्रमा पुगरे कोण सभामा परिणत भएको थियो । कोणसभामा एनएफपिजेका पूर्व अध्यक्षहरु मिनरत्न वज्राचार्य, विकास रौनियार, कविन्द्रमान शाक्य, राजभाई सुवाल र राजेन्द्र चित्रकारले शुभकामना व्यक्त गर्नुभएको थियो । मनतव्यका क्रममा उहाँहरुले नेपालको फोटो पत्रकारिताको चर्चा गर्नुका साथै नेपलाको पत्रकारिताको इतिहासमा फोटो पत्रकारिताको सम्बन्ध करिव एक शताब्दि पुग्न लागेकाले सम्पूर्ण नेपालीले गर्व गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
त्यसैगरी एनएफपिजेका अध्यक्ष प्रदिपराज वन्तले आफ्ना मनतव्य राख्ने क्रममा फोटो पत्रकारिता क्षेत्रमा विगत देखी वर्तमान सम्म योगदान पुर्यानेहरु प्रति आभार व्यक्त गर्दै सम्पूर्ण फोटो पत्रकारिता पेशामा लागेका र शुभेच्छुकहरुमा ९५औं फोटो पत्रकारिता दिवसका अवसरमा शुभकामना प्रदान गर्दै आगामी दिनमा फोटो पत्रकारितालाई अझ व्यावसायीक र मर्यादित बनाउदै जानु पर्ने कुरामा जोड दिनु भयो ।
बैशाख १३ कै अवसरमा एनएफपिजे नेपालले बसन्तपुर डवलीमा एक दिने फोटो प्रदर्शनी पनि सम्पन्न गरको छ । कोभिड–१९को महामारीबाट बच्न अन्तिम विकल्पको रुपमा सरकारले देशभरी लकडाउन गरेको थियो । सरकारले लगाएको लकडाउनमा देशभरीका फोटो पत्रकारहरुले खिचेका तत्कालीन अवस्थाको ६५ वटा तस्विरहरु प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएको फोटो अवलोकन गर्न नेपाल पत्रकार महासंघका अध्यक्ष, काठमाण्डौ महानगरपालीकाका मेहरका उम्मेदवार तथा काग्रेस नेतृ सृजना सिंह लगायत हजारौ सर्वसाधारणले अवलोकन गर्नु भएको थियो ।