काठमाडौं – फोटो पत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको सफल आरोहण गरेकी छन् । उनले आज पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटूको सफल आरोहण गरेकी हुन् । आठ हजार ६११ मिटर अग्लो केटू हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो ।
आरोहणका लागि सबैभन्दा कठिन मध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
शिखर चुमिसकेपछि उनले छिट्टै आधार शिविरमा सुरक्षितरुपमा फर्किने अपेक्षा व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले अवतरणबारे पनि अपडेट दिने बताएकी छन् ।
आठ हजार ६११ मिटर अग्लो केटू हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले श्रेष्ठलाई ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्मानसमेत गरेको थियो।