काठमाडौँ – सम्यक डाइग्नोष्टिक प्रालि र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) बीच सम्झौता भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपालका सदस्यहरूलाई सबै इन हाउस टेस्टहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो ।
बुधबार सम्यक डाइग्नोष्टिकका अध्यक्ष डा. केयूर गौतम र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)का वरिष्ठ उपाध्यक्ष सुशीलकुमार श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा एनफपिजेका सदस्य र परिवारका सदस्यहरू (बुवा, आमा, पति/पत्नी, बच्चाहरू) को प्याथोलोजी र बायोकेमिस्ट्री परीक्षणहरूमा संस्थामा उपलब्ध सबै इन हाउस टेस्टहरूमा विशेष सहुलियत पाउने उल्लेख गरिएको छ । सो सुविधा सम्यक डाइग्नोस्टिकको जावलाखेल, मध्य बानेश्वर, गठ्ठाघर र बुढानिलकण्ठमा रहेका शाखाबाट प्राप्त हुने कम्पनीले जनाएको छ ।
सम्झौता कार्यक्रममा सम्यक डाइग्नोष्टिकको तर्फबाट अध्यक्ष डा. केयूर गौतम, डा. देभिश प्याकुरेल र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)को तर्फबाट वरिष्ठ उपाध्यक्ष सुशीलकुमार श्रेष्ठ, कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ लगायत सदस्यहरू उपस्थिति रहेको थियो।

एनएफपीजे २०५३ सालमा स्थापना भई देशभरका क्रियाशील फोटो पत्रकारहरुको छाता सङ्गठनको रुपमा कार्य गर्दै आइरहेको संस्था हो । संस्थाले मुख्यतया फोटो पत्रकारहरुको हकहितका लागि आवाजहरु उठान गर्दै आएको छ ।
सम्यक डाइग्नोष्टिक नेपालकै पहिलो आईएसओ प्रमाणित प्रयोगशाला हो । नेपालमा प्रयोगशाला सम्बन्धी नवीन प्रविधी भित्र्याउन पनि सम्यकले भूमिका खेल्दै आएको छ । सम्यकले लगातार आफ्नो स्थापनाकालदेखि स्तरिय सेवामा विश्वास राख्दै आएको छ।
