काठमाडौँ – राष्ट्रिय फाेटाे पत्रकार समूह, नेपाल(एनएफपिजे) बागमती प्रदेशकाे निर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । निर्वाचन समितिका संयोजक तथा केन्द्रीय कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले बुधबार केन्द्रीय कार्यालय अनामनगरमा एक कार्यक्रमका बीच उनीहरूलाई सपथ ग्रहण गराएका हुन् । सो अवसरमा केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले निर्वाचित कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिए।
मङ्सिर २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सम्पन्न प्रदेश समितिको दोस्रो अधिवेशनले अध्यक्षमा पुनः नारायण सिलवाल, उपाध्यक्षमा नुवाकोटका राजेन्द्र गजुरेल, सचिवमा रामेछापका कुमार श्रेष्ठ, कोषाध्यक्षमा मकवानपुरका धर्मेन्द्र दाहाल, सहसचिवमा नुवाकोटकी केरिना शाक्य सर्वसम्मत निर्वाचित भएका थिए ।
त्यस्तै प्रदेश समितिको सदस्यहरूमा रामेछापका राज लोहनी, धादिङका सन्तोष श्रेष्ठ, चितवनका होमनाथ सापकोटा, सिन्धुलीकी अनु परियार, सिन्धुलीकै उद्वव श्रेष्ठ निर्वाचित भएका थिए ।
आजै प्रदेश कार्यसमितिको पहिलो बैठक पनि बसेको छ। बैठकले जिल्ला शाखा गठन गर्न बाँकी रहेका जिल्लाहरुकाे फागुन मसान्तसम्म गरि सक्ने र भएका शाखामा पनि छिट्टै अधिवेशन गर्ने निर्णय गरेको छ ।
त्यस्तै बागमती प्रदेश स्तरीय फाेटाे अवार्ड तथा फाेटाे पुस्तक प्रकाशन गर्ने, केन्द्रीय विधान अनुसार सदस्यता विस्तार गर्ने लगायतका निर्णयसमेत गरेको छ ।