राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष वन्त सम्मानित

Feb 19, 2024

इटहरी – राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त सम्मानित भएका छन्। वन्त प्रदेशखबर डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट नगद रु ११,१११ सहीत सम्मानित भएका हुन् । उनी राष्ट्रिय समाचार समितिका सिनियर फोटो पत्रकार हुन् ।

प्रजातन्त्र दिवस तथा प्रदेशखबर डटकमको प्रथम वार्षिकोत्सवमा उनलाई सम्मान गरिएको हो। काठमाडौंमा रहेर व्यावसायिक फोटो पत्रकारिता तथा फोटो पत्रकारिताको प्रशिक्षकको भूमिका निर्वाह गर्दै वन्तले पत्रकारितामा फोटोको माध्यमबाट पु¥याएको कामको उच्च मूल्याङ्कन गरी कोशी प्रदेशको उत्कृष्ट अनलाइन पत्रिकाको वार्षिक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।

फोटो पत्रकार वन्तलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सम्मानपत्र र पुरस्कार प्रदान गरेको उक्त कार्यक्रम आयोजक नयन एड्भरटाइजिङ मिडियाका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । वन्त काठमाडौंमा रहेर राजनीतिलगायत विभिन्न विधामा फोटो पत्रकारिता गर्छन् । उनी गोरखा पत्रकार समाजका अध्यक्ष पनि हुन् ।