भक्तपुर- नयाँ बर्ष २०८१ तथा बिस्का जात्राको अबसरमा ऐतिहासिक तथा साँस्कृतिक नगर भक्तपुरमा क्यालेन्डर प्रदर्शनी सुरु भएको छ । बिस्का जात्राको अन्तिम दिन बैशाख ५ गतेसम्म प्रदर्शनी चल्नेछ । क्यालेन्डरमा प्रस्तुत भएको फोटोबाट पर्यटन प्रचार गर्ने उदेश्यले क्यालेन्डर प्रदर्शनी गरिएको हो । भक्तपुर टुर्स र ज्ञानखबर एजुकेशन एण्ड रिसर्च मिडियाको संयुक्त योजनामा प्रदर्शनी गरिएको हो ।
मिडियाहरुको प्रतिनिधित्व हुने गरी भएको प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल (एनएफपिजे), काठमाण्डौं फोटोग्राफर संघको जीवन शैली र बन्यजन्तुको फोटो राखिएका क्यालेन्डर प्रदर्शनको लागि राखिएको छ ।
बैंकहरुको प्रतिनिधित्व हुने गरी कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र महालक्ष्मी बैंकका क्यालेन्डर प्रदर्शन गरिएको छ । फाइनान्सको क्षेत्रबाट नेपाल फाइनान्सले सहभागिता जनाएको छ ।
बिमाहरु मध्ये राष्ट्रिय बिमा कम्पनी, जीवन बिमा कम्पनी, सानिमा जीआइसीको सहभागिता रहेको छ । यसै गरी गाउँपालिका महासंघको क्यालेन्डर पनि प्रदर्शनको लागि राखिएको छ ।