फोटो पत्रकार पूर्णिमाद्वारा दोस्रोपटक सगरमाथाको सफल आरोहण

May 12, 2024

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन्।  उनले आज आइतबार बिहान ६ बजेर ४० मिनेटमा सफल आरोहण गरेकी हुन्।

पूर्णिमा सन् २०१८ मा पहिलोपटक सर्वोच्च शिखमा पुगेकी थिइन्। पूर्णिमाले पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटू सहित ८ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरिसकेकी छन्।

वसन्त ऋतुको आरोहण खुलेसँगै आजमात्रै थुप्रै आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

श्रेष्ठ विगत एक दशकदेखि फोटो पत्रकारिता गर्दै आएकी छिन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी  उनी सफल हिमाल आरोही समेत हुन् । नेपालमा रहेका ८००० मिटर माथिका हिमालहरू आरोहण गरेकी छिन् । उनले को पनि  सफल आरोहण गरेकी छन् ।