राष्ट्रिय फोटो पत्रकार समूह बागमतीका अध्यक्ष सिलवाल पुरस्कृत

Jun 16, 2024

धादिङ – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल(एनएफपिजे) बागमती प्रदेशका अध्यक्ष नारायण सिलवाल नीलकण्ठ विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

धादिङ पोष्ट डटकमका प्रधान सम्पादक समेत रहेका  सिलवाललाई शनिबार नीलकण्ठ नगरपालिकाको दोश्रो नगरसभाको पाँचौ अधिवेशनको अवसरमा नगद २० हजार ८१ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

नगरपालिकाले यस आर्थिक वर्षदेखि उक्त पुरस्कार प्रदान गर्न सुरु गरेको हो । यो पुरस्कार नेपाल पत्रकार महासंघसंगको सहकार्यमा हरेक वर्ष एक जनालाई प्रदान गरिने भएको छ ।

सिलवाल १८ बर्षदेखि जिल्लामा कलम चलाउँदै आएका छन् । २०६३ सालमा आँखु सन्देशबाट पत्रकारिता सुरु गरेका  सिद्धलेक गाउँपालिका वडा नं १ का सिलवालले २०६४–०६९ सम्म जनमुक्तिमार्ग साप्ताहिक, २०६५–०६७ गोरखापत्र, २०६६–०७३ रेडियो बिहानी र २०७३ देखि धादिङपोष्टमा कार्यरत रहेका छन्  ।