चिनियाँ फोटोग्राफरसँग एनएफपिजेको भेटवार्ता

Sep 08, 2024
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले नेपाल भ्रमणमा रहेका चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत ७ जना फोटोग्राफरसँग भेटवार्ता गरेको छ ।
शुक्रबार काठमाडौँको नक्साल टंगालमा रहेको मिथिला थालीमा भएको भेटमा अतिथिहरूलाई रात्रिभोजको आयोजना गरिएको थियो।
भोजमा मिथिला खानाले अतिथिहरूलाई स्वागत गरिएको थियो। मिथिला थालीको संचालकको तर्फबाट सेफ लक्ष्मण भण्डारीले मास्टर सेफ सन्तोष शाहको पुस्तक हस्तान्तरण गरेका थिए।
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्त, नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF)का अध्यक्ष डा. कल्याण शर्मालगायत केन्द्रीय समिति टीमको सहभागिता रहेको थियो।