राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) २७ वर्ष पूरा गरी २८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको यो अवसरमा सल्लाहकार, आजीवन सदस्य तथा सम्पूर्ण सदस्यज्यूहरू , शुभचिन्तक र सहयोगीहरुप्रति धन्यवाद ज्ञापन गर्दछौं । यो अवसरमा यसअघिका कार्यसमितिहरू र उहाँहरुको योगदानलाई पनि सम्झन्छौं । भनिरहनु पर्दैन , तपाईंहरुकै अथक मेहनत, लगनशिलता र इमान्दारिताबिना यहाँसम्म आइपुग्न सम्भव छँदै थिएन । हिजोका दिनबाट सिक्दै हामी भोलिका लागि आज पाइला चालिरहेका छौं ।
२०५३ मा स्थापना भएको यस समूहमा देशैभरका पाँच सय बढी फोटो पत्रकारको आबद्धता रहेको छ । समूहले फोटो पत्रकारिताको विकासका लागि विभिन्न सरोकारवालासँग सहकार्य गरी फोटो पत्रकारितालाई विकास विभिन्न कार्यक्रमहरू गर्दै आएका छ । आगामी दिनहरूमा फोटो पत्रकारितालाई थप उचाइमा पुर्याउन सदस्यज्यूहरूको लागि आवश्यक विभिन्न कार्यक्रमहरू गर्दै जाने प्रण गर्न चाहन्छौं ।
फोटो पत्रकारहरू फोटो पत्रकारितामा क्रियाशील हुन दक्षता अपरिहार्य हो । ज्ञान र सीपको मिश्रणले यस पेसालाई थप व्यावसायिक, परिष्कृत, मेहनती र सबल बनाउनेछ ।
हामीले बुझेका छौं, सूचना प्रविधिको विकाससँगै दर्शकपाठकका स्वाद पनि फेरिँदा छन् । यी विषय फोटो पत्रकारका लागि एकातिरबाट चुनौती र अर्कोतिरबाट अवसर हुन् भन्ने लाग्छ । तपाईंहरुको साथ, सहयोग, सरसल्लाह, सुझाव, स्वस्थ आलोचना र खबरदारीले हामीलाई अझ प्रतिबद्ध र परिपक्व भएर अघि बढ्न सघाउनेछ । समग्रमा फोटो पत्रकारको लागि रत्तिभर विचलित नभई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
घनश्याम श्रेष्ठ
का.बा महासचिव