भक्तपुर मंसिर १ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)को आयोजनामा एकदिने व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । एनएफपिजे नेपालको नव निर्वाचित केन्द्रीय समितिका १५ जना फोटोपत्रकारका लागि सो तालिमको आयोजना गरिएको हो ।
तालिमको उदघाटन गर्दै संस्थाका अध्यक्ष प्रदीपराज वन्तले व्यक्तित्व विकास र संस्थागत क्षमता विकासका लागि यस्ता कार्यक्रम अनिवार्य आयोजना गरि संस्थाको केन्द्रमा रहेर काम गर्नेहरुलाई सक्षम बनाउनको लागि उक्त तालिम आयोजना गरिएको बताउनुभयो । अध्यक्ष वन्तले विभिन्न सन्चार माध्यममा आवद्ध फोटोपत्रकारहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने र नेपालमै बसेर फोटोपत्रकारितामार्फत विश्वलाई नेपालबारे जानकारी दिन सकिन्छ भन्ने विश्वास जगाउन तालिमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्तममा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षक राजेश शर्माले संस्थाको हकहित विकास र संस्था सन्चालन कसरी गर्न सकिन्छ भन्ने बारेमा तालिम दिनु भएको थियो ।