एनएफपिजे नवनिर्वाचित केन्द्रीयसमितिको पहिलो बैठक: गर्यो यस्ता महत्वपूर्ण निर्णय

Nov 17, 2024

भक्तपुर – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को २७ औं वार्षिकोत्सव तथा १३ औं केन्द्रीय अधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो केन्द्रीयसमितिको बैठक सम्पन्न भएको छ। अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा भक्तपुरको ताथलीमा शुक्रबार बसेको बैठकले १४ महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले  बैशाख १३ गते फोटो पत्रकारिता अवार्ड गर्ने घोषणा गरेको छ।  त्यसका लागि  अध्यक्षको वन्तको संयोजनमा ५ सदस्यीय समिति गठन गर्ने  पनि निर्णय गरेको छ  ।
त्यस्तै बैठकले फोटो पत्रकारहरूको आवश्यकता र आम्दानीको स्रोतलाई ध्यानमा राखी ग्लोबल आइएमइ बैंकसँग सहकार्य  गरेर संस्थाका सदस्यहरुलाई सहुलियत ऋण माग गर्ने र बिमाका लागि सुर्य ज्योति लाइफसंग थप छलफल गर्ने निर्णय गरेको छ।
यस संस्थाका सदस्यहरुलाई आपत विपत पर्दा आवश्यक सहयोग गर्न स्थापना गरिएको एनएफपिजे नेपाल आपतकालिन राहत कोषलाई थप मजबुद बनाउदै लैजाने पनि  निर्णय गरेको छ। उक्त कोेषमा यहि आर्थिक वर्ष भित्र २० लाख बनाउने लक्ष्य लिईएको छ ।
बैठकमा केन्द्रीय सदस्य रमिता छुँजुले प्राप्त गर्नु भएको माधब थापा जोखिमपूर्ण पुरस्कारको रकम रु १० हजारमा १ हजार थप गरेर रु ११ हजार संस्थालाई प्रदान गर्नु भएको छ। फोटो : दिवाकर सेन