वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधनको खबरले एनएफपिजे स्तब्ध

Jan 13, 2025
चर्चित वाइल्डलाइफ तथा यस संस्थाका आजीवन सदस्य फोटोग्राफर चुङ्बा शेर्पाको उपचारको क्रममा टोखास्थित ग्रान्डी अस्पतालमा ६४ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) स्तब्ध र दुःखी भएको छ ।
शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा आइतबार राति १२:१५ बजे निधन भएको हो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए । उहाँको निधनले वाइल्डलाइफ फोटोग्राफी क्षेत्रको एक कुशल र जुझारु फोटोग्राफर गुमाएको छ ।
एनएफपिजे स्वर्गीय शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।