सल्यान – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, जिल्ला शाखा सल्यानको तेस्रो जिल्ला अधिवेशनबाट अमृत कुमार बुढाथोकी अध्यक्षमा चयन भएका छन् । उनी सहित नयाँ कार्यसमिति निरविरोध निर्वाचित भएका हुन् ।
उक्त अधिवेशनमार्फत उपाध्यक्षमा प्रसिद्ध डाँगी, समावेशी उपाध्यक्षमा अभिलाशा सिंह, सचिवमा कुल बहादुर रेउले, सहसचिवमा कमल धिताल, समावेशी सहसचिवमा प्रदिप पुन र कोषाध्यक्षमा भरत घर्ती चयन भएका छन् ।
सदस्यहरूमा रेमन्त वि.क., नवीन डि.सी., संगम राना, रुपलाल चलाउने, विजय बस्नेत, जितेन्द्र महर्जन, बिष्णु गौतम, संगम बिहानि, सिर्जना बस्नेत चयन भए ।
त्यस्तै, सल्लाहकारहरूमा डिल्लीराज रावत, प्रतिक इच्छुक शर्मा, बामदेव के.सी., र खकेन्द्र के.सी. चयन गरिएको छ।
तेस्रो जिल्ला अधिवेशनको अवसरमा सल्यान जिल्लाको फोटो पत्रकारिता र फोटोग्राफी क्षेत्रमा योगदान पुर्याएका पाँच जना पत्रकारलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा योगराज बि.क., खकेन्द्र के.सी., उत्तर कुमार साहु, प्रज्वल अधिकारी, र धुर्बराज ओली रहेका छन् ।
अधिवेशन कार्यक्रम समूहका तत्कालीन अध्यक्ष बामदेव के.सी. को अध्यक्षतामा सम्पन्न भएको थियो। सहसचिव प्रसिद्ध डाँगीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष अमृत कुमार बुढाथोकीले गरेका थिए ।