दुबई — दुबईमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५ मा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) की केन्द्रीय सदस्य रमिता छुँजुलाई फोटोग्राफी विधामा सम्मानित गरिएको छ।
उक्त सम्मेलन अन्तर्राष्ट्रिय महिला संसद संस्था (International Women Parliament) को आयोजनामा, अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसर पारेर आयोजना गरिएको थियो। सम्मेलनमा विश्वभरका विभिन्न देशहरूबाट महिला नेतृ, उद्यमी, शिक्षाविद्, कलाकार तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।
रमिता छुँजु नेपालभर बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था सिविन नेपाल (CWIN Nepal) मा पनि कार्यरत रहेकी छन्। उनले लामो समयदेखि महिला, बालबालिका, मानव अधिकार र सामाजिक न्यायका विषयमा दृश्य पत्रकारिता तथा फोटोग्राफी मार्फत सशक्त अभिव्यक्ति दिँदै आएकी छन्।
छुँजुको फोटोग्राफिक दृष्टिकोण, सामाजिक मुद्दाप्रति जिम्मेवार दृष्टिकोण र संवेदनशीलताले नेपाली फोटोपत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएकी छन् । दुबईमा प्राप्त यो सम्मानले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला फोटो पत्रकारको उपस्थिति र योगदानलाई उच्च मूल्यांकन गरिएको छ ।
कार्यक्रममा नेपालका तर्फबाट नेपालबाट पूर्व मन्त्री तथा सांसद भगवती चौधरीलाई नेतृत्व तथा शासन विधामा सम्मानसंगै , भारत, अमेरिका, बेलायत, अफ्रिका, कोसोभो लगायत विभिन्न १७ देशका ४७ विशिष्ट महिला व्यक्तित्वहरूलाई पनि विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो।