सिन्धुपाल्चोक — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को सिन्धुपाल्चोक शाखा गठन गरिएको छ। शुक्रबार चौतारामा सम्पन्न जिल्ला भेलाले विजय नेपाललाई अध्यक्ष चयन गरेको हो।
त्यसैगरी, उपाध्यक्षमा मानकाजी तामाङ, सचिवमा सागर खड्का, कोषाध्यक्षमा प्रेम लामा र सदस्यमा सुजन श्रेष्ठ चयन भएका छन्।

समारोहमा एनएफपिजे नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ प्रमुख अतिथि थिए। नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल विशेष अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा बागमती प्रदेश अध्यक्ष राजेन्द्र गजुरेलसहित अन्य विशिष्ट अतिथिहरूको समेत सहभागिता रहेको थियो।
नवगठित शाखा समितिले जिल्लामा फोटो पत्रकारितालाई अनुशासित, मर्यादित र फोटो पत्रकारहरूको हक–हितको संरक्षणमा केन्द्रित गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।