विश्व फोटोग्राफी दिवसका अवसरमा एनएफपिजेले अध्यक्ष वन्तको एकल फोटो प्रदर्शनी गर्ने 

Aug 18, 2025

काठमाडौं – १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) यस वर्ष फोटो प्रदर्शनी गरेर मनाउने भएको छ।

सो दिन केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको FLIGHT & FRAME नामक एकल फोटो प्रदर्शनी गर्ने भएको हो।

भदौ ३ गते काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने प्रदर्शनीमा वन्तले हेलिकप्टरबाट खिचिएका नेपालका विभिन्न भूभागका आकर्षक तस्बिरहरू रहने छन् ।

संस्थाले फोटो अवलोकनका लागि फोटोपत्रकार, फोटोग्राफर, सञ्चारकर्मी तथा फोटोप्रेमीहरूलाई सहभागि आग्रह समेत गरेको छ।