प्रोभेन्सियल (मोफसल) फोटोजर्नालिस्ट अवार्डको लागि मेट्स एजुकेशन कन्सल्टेन्सी संग सम्झौता

Feb 27, 2017

प्रोभेन्सियल (मोफसल) फोटोजर्नालिस्ट अवार्डको लागि पुतलीसडक स्थित मेट्स एजुकेशन कन्सल्टेन्सी संग सम्झौता

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आयोजीत ‘फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३’को प्रोभेन्सियल (मोफसल) फोटोजर्नालिस्ट अवार्डको लागि पुतलीसडक स्थित मेट्स एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रकास पाण्डे र एनएफपीजे का अध्यक्ष ध्रुव आलेविच सम्झौता पछि फोटो खिचाउदै । उक्त विधामा राजधानी बाहिर रहेर सक्रिय रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एकजनाले यो पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको राशी २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ ।