“सेल्फी” कार्यक्रममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको प्रस्तुती

Mar 03, 2017

२०फागुन २०७३ ः राष्ट्रिय फोटो पत्रकार समूह(एनएफपीजे)को आयोजनामा शुक्रबार राजधानीमा आयोजित कार्यक्रम “सेल्फी” को भाग दुई सम्पन्न भएको छ । कार्यक्र¬ममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहले फोटोग्राफी प्रति आफ्नो रुचिका यथार्थ अनुभवहरु प्रस्तुत गर्नुभयो ।

कार्यक्रम “सेल्फी” एकल प्रस्तुती हो जहा प्रस्तोताले फोटोग्राफीप्रति आफ्नो रुचि र अनुभव सुनाउने गर्छन् । कार्यक्रममा प्रस्तोताले आफूले खिचेका चर्चित फोटोहरु प्रदर्शन पनि गर्दछन् । फोटोग्राफी पेशा अगाल्ने तथा फोटोग्राफीमा रुचि भएका जो–कोही र खासगरि युवा जमातलाई हौसला र प्रेरणा मिलोस भनेर समूहले कार्यक्रम आयोजना गर्ने गरेकोे छ ।

कार्यक्रममा सीईओ शाहले फोटो खिच्दा आफुले संगालेका अनौठा अनुभवहरु सुनाउनुभयो भने त्यसमा आफ्नो रुचि हुनुका विभिन्न कारणहरु बताउनुभएको थियो । उहांले आफु ब्याङ्कर भएपनि फोटोग्राफी आफुलाई खास मनपर्ने विषय भएको र त्यसले आफुलाई वास्तविक सन्तुष्टि दिने कुरा बताउनुभयो ।
आफुले खिचेका भक्तपुर ,बौंद्धनाथ स्तुप, पशुपतिनाथका जोगी, चितवन र पोखराका विभिन्न लोभलाग्दा फोटोहरु देखाउदै सीईओ शाहलले ती फोटोका महत्व र विशेषता सुनाउनुभएको थियो । करिब दुई सय सहभागि भएको उक्त कार्यक्रमा उहांले सहभागिहरुले सोधेका प्रश्नका जवाफ पनि दिनुभएको थियो । कार्यक्रम “सेल्फी” राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) र नेपाल पर्यटन बोर्ड(एनटीबी)को ह्यासट्याग फोटोनेपालले संयुक्त रुपमा आयोजना गरेको हो ।
फोटोग्राफी पेशाप्रति नवआगन्तुक र विशेषत युवालाई आकर्षित गर्न “सेल्फी” कार्यक्रम सहयोगी हुने आयोजक राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे)का अध्यक्ष ध्रुब आलेले बताउनुभयो ।