राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेले आगामी बैसाख १३ गते आयोजना गर्ने ‘‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३’’ को लागि “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” विधामा मेगा बैक नेपाल लिमिटेडका का प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल शाह र एनएफपीजेका अध्यक्ष ध्रुब आले (वायां) हस्ताक्षरपछि हात मिलाउनुहुदै ।२ चैत, २०७३ , काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा आयोजना गर्ने ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ को “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” विधाको प्रायोजकका लागि मेगा बैङ्क नेपाल लिमिटेड संग संझौंता भएकोछ । मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल शाह र एनएफपीजेका तर्फबाट अध्यक्ष ध्रुुब आलेले बुधबार संझौंतापत्रमा हस्ताक्षर गर्नुभएकोछ ।
हरेक वर्षको बैशाख १३ मा मनाईने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको सो अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने एनएफपीजेले जनाएको छ । ५० हजार राशीको ‘डिवि थापा फोटो पत्रकारिता लाईफ टाइम एचिभमेन्ट अवार्ड’ कार्यक्रमको मुख्य प्रायोजक फोटो कन्र्सन रहेको छ भने २५ हजार पुरस्कार राषिको “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” को प्रायोजन मेगा बैंकले गरेकोछ ।
विभिन्न सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकाहरुलाई फरक फरक १३ विधामा पुरस्कृत गरिनेछ उक्त अवार्ड कार्यक्रमका अन्य विधाहरुमा स्पोर्टस् फोटो पत्रकारिता अवार्ड, डेली लाईफ फोटो पत्रकारिता अवार्ड, राजनीतिक फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, अनलाईन फोटो पत्रकारिता अवार्ड, मोफसल फोटो पत्रकारिता अवार्ड , विजनेस फोटो पत्रकारिता अवार्ड , पर्यटन तथा सस्कृति अवार्ड र एनएफपीजे एक्टिभ मेम्बर अवार्ड हुनेछन् । उत्कृष्ट दस विधाका विजेताहरुबाट छानिएका एक जना सर्वोकृष्ट फोटोपत्रकारलाई “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” बाट सम्मानित गरिने एनएफपीजेले जनाएकोछ ।
पुरस्कार प्राप्त गर्नका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका, समाचार अनलाईन लगायतका सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकारहरुले खुल्ला रुपमा एनएफपीजेको कार्यालयमा आवेदन दिनसक्नेछ ।