“डेली लाइफ फोटो पत्रकारीता अवार्ड” विधामा नेपाल टेलीकमसंग सम्झौंता ।

Mar 31, 2017

‘‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३’’ को लागि “डेली लाइफ फोटो पत्रकारीता अवार्ड ” विधामा नेपाल टेलीकमको तर्फवाट प्रमुख व्यापारीक अधिकृत प्रदीपराज उपाध्याय र एनएफपीजेका सचिव तथा कार्यक्रम संयोजक प्रदीपराज वन्त हस्ताक्षरपछि हात मिलाउनुहुदै । तस्बिर ः बालकृष्ण थापा
१३ चैत, २०७३ , काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा आयोजना गर्ने ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ को “डेली लाइफ फोटो पत्रकारीता अवार्ड” विधाको प्रायोजकका लागि विधामा नेपाल टेलीकमसंग संझौंता भएकोछ । नेपाल टेलीकमको तर्फवाट प्रमुख व्यापारीक अधिकृत प्रदीपराज उपाध्याय र एनएफपीजेका तर्फबाट कार्यक्रम संयोजक प्रदीपराज वन्तले आइतबार संझौंतापत्रमा हस्ताक्षर गर्नुभएकोछ ।
हरेक वर्षको बैशाख १३ मा मनाईने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको सो अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने एनएफपीजेले जनाएको छ । ५० हजार राशीको ‘डिवि थापा फोटो पत्रकारिता लाईफ टाइम एचिभमेन्ट अवार्ड’ कार्यक्रमको मुख्य प्रायोजक फोटो कन्र्सन रहेको छ भने २५ हजार पुरस्कार राशिको “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” को प्रायोजन मेगा बैंकले गरेकोछ ।
विभिन्न सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकाहरुलाई फरक फरक १३ विधामा पुरस्कृत गरिनेछ उक्त अवार्ड कार्यक्रमका अन्य विधाहरुमा स्पोर्टस् फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, पाटन प्याथ ल्याव स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, कंगारु एजुकेशन अनलाईन फोटो पत्रकारिता अवार्ड, मेट्स एजुकेशन मोफसल फोटो पत्रकारिता अवार्ड , थाहा राजनितिक फोटो पत्रकारिता अवार्ड , गोदावरी भिलेज रिसोर्ट पर्यटन तथा सस्कृति अवार्ड र ग्लोवल आइएमई आर्थिक फोटोपत्रकारीता अवार्ड हुनेछन् । उत्कृष्ट दस विधाका विजेताहरुबाट छानिएका एक जना सर्वोकृष्ट फोटोपत्रकारलाई “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” बाट सम्मानित गरिने एनएफपीजेले जनाएकोछ ।