राष्ट्रिय फोटोपत्रकार समुहद्धारा प्रधानमन्त्रीलाई भेट

Apr 18, 2017

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार ज्ञापन पत्र बुझाउनुहुदै एनएफपीजे अध्यक्ष ध्रुव आले । फोटो : एनएफपीजे

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को तर्फबाट  अध्यक्ष ध्रुव आले नेतृत्वको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भेट गरेकोछ ।

भेटको क्रममा  अध्यक्ष आलेले प्रधानमन्त्री प्रचण्डलाई फोटोपत्रकारको हकहितको लागि विभिन्न ७ सुत्रीय माग सहितको ज्ञापन पत्र बुझाउनुभयो ।  अध्यक्ष आलेले राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा बैसाख १३ गते राजधानीमा हुने फोटोकन्सर्न नेसनल फोटोजर्नालिजम अवार्ड २०७३ मा  सहभागि हुन प्रधानमन्त्रीलाई  निम्तापनि  दिनुभएको थियो ।

उक्त अवशरमा प्रधानमन्त्री दाहालले ब्यवशायिक फोटो पत्रकारहरुहको मागहरु जायज भएको भन्दै सबै मागहरुलाई चाडैनै सम्बोधन गरिने बताउनुभएकोछ । बैसाख १३ को  अवार्ड कार्यक्रममा सहभागि हुन निम्ता दिएको सन्दर्भमा उहांले कार्यक्रमको उद्घाटनका लागि आफू अवश्य उपस्थित हुने बताउनुभयो ।

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले वुझाएको ज्ञापन—पत्रको पूर्ण पाठ
श्रीमान् सम्माननीय प्रधानमन्त्री ज्यू,
वि.सं. २०५३ साल असोज ६ गते दर्ता भई हालसम्म सुख दुःखले संचालनमा आईरहेको ब्यवशायिक फोटोपत्रकारहरुको छाता संगठन् यस राष्ट्रिय फोटो पत्रकार समूहको सर्वप्रथम सानो परिचय गराउने अनुमती चाहन्छौं । हामी केही फोटोपत्रकारहरु मिलेर यस संस्थाको स्थापना गरेका हौ । हाल यस समूहमा नेपाल राज्यभरिका करिव २२५ जना फोटोपत्रकारहरु सदश्य रहेका छौं । यस संस्था आप्mनो स्थापनाकालदेखि नै एकल रुपमा अनेकन् समस्याहरुसंग जुध्दैं, भिड्दैं हिड्नुपरेको यथार्थतालाई मिलेर हामी फोटोपत्रकारहरुले सामूहिक रुपमा संगठित भई हामीमाथि पर्नआएका समस्याहरुलाई निराकरण गर्ने अभिप्रायले आफुसंग भएका शिप तथा केहि आर्थिक रकम जम्मागरि आजका मितिसम्म जसोतसो यस संस्थालाई संचालन गर्दैआएकाछौं । स्थापना भएको २० वर्ष व्यथित भईसक्दा पनि हामी फोटोपत्रकारहरु न्यूनतम् पारिश्रमिकमा काम गर्नुपर्ने भएकाले नत संस्थालाई सवल वनाउन सकेकाछौ, न त राज्यको तर्फवाट पनि यस संस्थालाई खासै उल्लेखनिय सहयोग दिएर संस्थालाई सवल वनाउन सहयोग प्राप्त भएकोछ , यो नै हाम्रो यथार्थ हो । 
हामी फाटोपत्रकारहरु सहि र तथ्यपरक सूचना संम्प्रेषण गर्ने हेतुले फोटो संकलन तथा आप्mनो कार्यसम्पादन गर्नका निम्ती ज्यानको वाजी थापी, जस्तोसुकै परिस्थितिमा पनि जोखिम अपनाई आप्mनो कर्तव्य पालना गरिनै रहेको एवम् ऐतिहासिक जनआन्दोलन, क्षेत्रिय तथा प्रादेशिक आन्दोलन लगायत १२ वर्षे जनयुद्धमा समेत ज्यानको कुनै पर्वाह नगरिकन आप्mनो पेशाप्रति इमान्दारीताका साथ निरन्तर कार्यरत रहेको हुँदा हामीप्रति पनि राज्यको उत्तिकै दायित्व हुनु अपरिहार्य हो भन्ने हामीहरुको वुझाई हो ।  तर यथार्थमा, राज्यपक्षवाट न त हामीहरुको कठिनाई वुभ्mने कार्य भएकोछ, न त हामीहरुको समस्यालाई संवोधन नै गर्नेकार्य भएकोछ । सम्पूर्ण पत्रकारिता क्षेत्रलाई राज्यको चौंथो अंग भनिएता पनि वत्तिमुनी अध्यारो भने जस्तै हामीहरु राज्यपक्षवाट सधै उपेक्षित हुनपरिरहेको हाम्रो वास्तविकता सम्माननीय प्रधानमन्त्री समक्ष अनुरोध गर्दछौं । 
तसर्थ नेपाल राज्यको संविधानले प्रदत्त गरेको स्वतन्त्रताको हक वमोजिम रोजगारीगर्ने र रोजगारीवाट जिविकोपार्जन गर्नसक्ने, सामूहिक रुपमा संगठित भई संघसस्था खोल्न र उक्त संस्थालाई सवल र सक्षम वनाउन पाउने अधिकारको संरक्षणका खातिर फोटोपत्रकारहरुको समूहको तर्फवाट सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष हामीहरुको अधिकार सुरक्षितगर्न एवम् संस्थालाई सवल वनाउनका निम्ती देहायमा उल्लेखित मागहरु यसै ज्ञापनपत्र मार्फत राखिएको व्यहोरा अनुरोध गर्दछौं ।  
 
 
 
  
हाम्रो मागहरु
१. हामी फोटोपत्रकारहरुको स्थायित्व एवम् कार्य सम्पादनका लागी स्थायी रुपमा कार्यालयको  आवश्यकता महशुस गरिएकाले हाललाई काठमाडौंको भृकुटीमण्डव परिसरभित्र रहेका भवनहरुमध्ये एक भवन कार्यालय प्रयोजनका लागी व्यवस्था गरिदिनुहुन अनुरोध  छ । 
२. फोटोपत्रकारहरुको जिविकोपार्जनका लागी न्यूनतम् पारिश्रमिक निर्धारण राज्य पक्षवाट गरियोस भन्ने जोडदार माग गर्दछौं ।
३. फोटोपत्रकारहरुले जोखिम मोली कार्यसम्पादन गर्नुपर्ने भएकाले जिवनविमाको व्यवस्था गरियोस् ।
४. यस राष्ट्रिय फोटो पत्रकार समूहको सिफारिसमा यस समूहका प्रत्येक सदस्यहरुहरुलाई सूचना विभागवाट प्रदान गरिने प्रेस पास र स्वतन्त्र फोटोपत्रकारको प्रेस पासको व्यवस्था गरियोस् ।
५. नेपाल सरकारको राजकीय तथा अन्य उच्चस्तरिय भ्रमण हुंदा फोटोको महत्वलाई अन्जानवस ख्याल नगरिएकोहुंदा धेरै ऐतिहासिक तश्विरहरु छुट्न गएकोमा आगामी दिनमा  कम्तिमा पनि एक जना फोटोपत्रकारलाई भ्रमण दलमा सम्लग्न गर्ने व्यवस्था गरियोस् र लेख्ने पत्रकार सरह फोटोपत्रकारलाईपनि समान अवसर मिल्ने वातावरण श्रृजना गरियोस्, कसैलाई काखा कसैलाई पाखा लगाउने अवस्था नहोस् ।
६. जोखिमपूर्ण फोटोपत्रकारितागर्ने सवै फोटोपत्रकारहरुको हकहित ,व्यक्तित्व विकास र यस राष्ट्रिय फोटो पत्रकार समूहको निरन्तरताको लागी राज्यले ५० लाख वरावरको अक्षयकोषको स्थापना गरि सो कोषको संचालन र उपभोगगर्न यस राष्ट्रिय फोटो पत्रकार समूहलाई स्वतन्त्रपूर्वक अधिकार प्रत्यायोजन गरियोस् ।
७. फोटोपत्रकारीता क्षेत्रमा विशेष योगदान पुर्याउने फोटो पत्रकारहरुलाई प्रत्येक वर्ष सम्मान गर्नका निम्ति राज्यले रु. २० लाख वरावरको अनुदान रकम हरेक वर्ष छुट्याओस् ।  
अत ः फोटोपत्रकारहरुको हकहित संरक्षण गर्नकालागि माथि उल्लेखित मागहरुको राज्यपक्षवाट उच्च मूल्याङकन गर्दै अविलम्व कार्यान्वयनको निम्ति यस राष्ट्रिय फोटो पत्रकार समूह जोडदार रुपमा माग गर्दछ ।
भवदीय,
 
ध्रुव आले (अध्यक्ष)
राष्ट्रिय फोटो पत्रकार समूह
मितिः २०७४:०१:०५