२० असोज २०७३ यस राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे) स्थापना भएको २० वर्ष पुगेको अवशरमा एक विशेष लोगो सार्वजनिक गरि त्यसलाई वर्षभरि भब्य रुपमा मनाउने निर्णय गरेकोछ । उक्त लोगोलाई समूहले हालै १८ असोजमा दशैको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक�मको अवशरमा सार्वजनिक गरेको हो । लोगोलाई एक वर्षसम्म विभिन्न प्रचारात्मक प्रयोगमा ल्याईनेछ भने लोगो अंकित समूहको प्रेस परिचयपत्रको पनि सोहि अवशरमा सार्वजनिक गरिएको थियो ।
एनएफपीजे वि.सं. २०५३ असोज ६ गते काठमाडौंको बागबजारमा स्थापना भएको थियो । कार्यसमितिको कार्यकाल दुई वर्षको हुने यस समूहको पहिलो कार्यसमितिका अध्यक्ष चन्द्रशेखर कार्की हुन । त्यसैगरि मीतरत्न बज्रार्चा, भरत देउराली, विकाश रौनियार, कविन्द्रमान शाक्य,राजभाई शुवाल समूहका पुर्व अध्यक्षका रुपमा निर्वाचित हुनुभएको थियो भने हालै ध्रुब आलेको अध्यक्षतामा नवै कार्यसमिति गठन भएकोछ । एनएफपीजे नेपालमा सकि�य रुपमा कार्यरत फोटोपत्रकारहरुको छाता संगठन हो भने समूहले फोटोपत्रकारहरुको हकहित तथा सिपबृद्धिका लागि भुमिका खेल्नै आईरहेकोछ । विभिन्न साखाहरु समेत गरि २ सय वढि फोटोपत्रकारहरु यस समूहका सदश्य रहेकाछन् ।