२०७४ जेठ १ ,काठमाडौं
नेपाली फोटोपत्रकारको प्रतिनिधित्व गर्दै राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे)को दस शदेश्यीय भ्रमण दल सार्क राष्ट्र बंगलादेशको पांचदिने भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेकोछ । बंगलादेश फोटोजर्नालिष्ट एसोसियसन (बीपीजेए) को निमन्त्रणामा दोश्रो पटक त्यहा गएको टोलीले मे १८ मा राजधानी ढाकामा हुने फोटोपत्रकारीता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेछ । त्यसैगरि एनएफपीजे र त्यहाको बीपीजेएले संयुक्त रुपमा मे २० मा ढाकामा आयोजना गर्ने दोश्रो “मैत्री नेपाल” फोटो प्रदर्शनीमा भ्रमण दलले भाग लिनेछ ।
भ्रमण दलका सदश्यहरु राजधानी ढाकामा
कोषाध्यक्ष तेल बहादुर बस्नेतको नेतृत्वमा गएको भ्रमण दलका अन्य सदश्यहरुमा पूर्व केन्द्रिय सचिव किसोर श्रेष्ठ, सदश्यहरु गौतम खड्गी, राजन काफ्ले र नवराज श्रेष्ठ, कास्की साखाबाट पूर्व केन्द्रिय सदश्य तथा कास्की साखाका सल्लाहकार राम गुरुङ्ग , कोषाध्यक्ष दुर्गा पौडेल, पर्सा साखाका अध्यक्ष पंकज श्रेष्ठ तथा पूर्व केन्द्रिय सदश्य राम सर्राफ, बारा साखाबाट महासचिव दिवाकर भण्डारी रहनुभएकोछ ।
बीपीजेएको मैत्रिपुर्ण निमन्त्रणमा एनएफपीजेको १२ सदेश्यीय पहिलो भ्रमण दल सन २००९ को डिसेम्बर महिनामा १० दिने भ्रमणकालागि बंगलादेश गएको थियो । भ्रमणका क्रममा राजधानी ढाकामा फोटोपत्रकारीता सम्बन्धी छैठौं राष्ट्रिय सम्मेलनमा भ्रमण दललका सदश्यहरुले भाग लिएका थिए भने त्यहा आयोजना भएको फोटोपत्रकारिता सम्बन्धी कार्यशाला गोष्ठीमापनि सहभागित जनाएका थिए । बंगलादेशको पहिलो भ्रमणमा पनि एनएफपीजे र बीपीजेएको संयुक्त आयोजनामा ढाकामा पहिलो “मैत्री नेपाल” फोटो प्रदर्शनीको आयोजना भएको थियो ।
२००९ को डिसेम्बर महिनामा गएको पहिलो भ्रमण दलका सदश्यहरु
त्यसैगरि बीपीजेएको पहिलो टोलीपनि त्यस अघि नै सन २००९को जुलाई महिनामा नेपालको तीनदिने भ्रमणमा आएको थियो । भ्रमण दलले एनएफपीजे र बीपीजेएको संयुक्त आयोजनामा “रुपोसी बंग्ला (सुन्दर बंगलादेश) ” शिर्षकमा काठमाडौंमा तीनदिने फोटो प्रदर्शनीको आयोजना गरेको थियो ।
दुई देश बिच हुने भ्रमणले नेपाल र बंगलादेशका फोटोपत्रकारहरु विच सुमधुर सम्बन्ध हुने , तथा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन र कार्यशाला गोष्ठिले दुई देशका फोटोपत्रकारहरुको क्षमता अभिबृद्वि हुने साथै फोटो प्रदर्शनीले दुई देशको सस्कृति ,रहन—सहन, भेषभुषा तथा पर्यटकिए गन्तब्यको परिचान तथा आदानप्रदान हुने अपेक्षा गरिएकोछ ।