भ्रमण दल फोटोपत्रकारिता सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागि

May 19, 2017

५ जेठ २०७४
बंगलादेशको भ्रमणमा रहेको नेपाली फोटोपत्रकारहरुको भ्रमण दलले राजधानी ढाकामा बिहिबार भएको फोटोपत्रकारिता सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागि भएकोछ। बंगलादेश प्रेस काउन्सील र बंगलादेश फोटो पत्रकार संघ (बीपीजेए) को संयुक्त आयोजनामा भएको उक्त गोष्ठिको त्यहाका सूचना मन्त्री हसनुल हक ईनुले उद्घाटन गर्नुभएको थियो ।

गोष्ठीलाई सम्बोधन गर्नुहुदैं मन्त्री ईनुले नेपाली फोटो पत्रकारिताले ्पर्यटन प्रवद्र्धनका निम्ति पु¥याएको योगदानको चर्चा गर्नुभयो । उहाले नेपाली फोटोपत्रकार र बंगलादेशी फोटोपत्रकारहरुको भ्रमण आदान प्रदानले दुई देशबिचको पर्यटन प्रर्वद्धनका निम्ति सहयोग पुग्ने बताउनुभयो । साथै दुई देशबिच सहकार्य गरेर अघि बढ्ने बिषयमा आफूले पहल गर्ने पनि उहाले सम्बोधनका क्रममा बताउनुभयो ।

गोष्ठीमा नेपालका तर्फबाट टोली सदस्य तथा समुहका पूर्वसचिव किशोर श्रेष्ठले नेपालमा फोटोपत्रकारिता विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । गोष्ठीमा बंगलादेश र नेपालमा फोटोपत्रकारिताको बिकास र वर्तमान अवस्थाको बारेमा छलफल भएको थियो ।

त्यसैगरि भ्रमणमा रहेको टोलीले शनिवार बंगलादेशमा ‘मैत्री नेपाल’ शिर्षकमा फोटो प्रदर्शनीको आयोजना गर्न लागेको छ । ढाकामा आयोजना गर्न लागिएको प्रदर्शनीमा ४० वटा तस्वीरहरु राखिने छ । नेपालको पर्यटकीय गन्तब्य, कला, संस्कृति झल्कने तस्वीरले पर्यटय प्रवद्र्धनका निम्ति सहयोग पुग्नेमा अपेक्षा गरिएकोछ । उक्त फोटो प्रदर्शनीको बंगलादेशका प्रधानमन्त्रीका प्रेस सल्लाहकार इकवाल सुबहन चौधरीले उद्घाटन गर्नुहुनेछ ।