
फोटो प्रदर्शनी आयोजना वारे पत्रकार सम्मेलनमा जानकारी गराउदै समूहका सचिव प्रदीपराज वन्त ।
अधिल्लो महिना बैसाख १३ गते फोटोकन्सर्न राष्टिय फोटो पत्रकारिता अवार्डको सफलतापूर्वक सम्पन्र्न गरेको एस राष्टिय फोटो पत्रकार समूह (एनएफपिजे)ले नेपालमा फोटो पत्रकारिताको क्षेत्रमा नयाँ र रचनात्मक काम गर्ने र फोटोपत्रकारको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ भूकम्पपछिको नेपाल विषयक फोटो प्रदर्शनीको आयोजना गर्न लागेको सहर्ष जानकारी गराउदछौ ।
प्राकृतिक विपद तथा सामाजिक र सास्कृतिक लगायत अन्य विषयलाई लिएर एनएफपिजेले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा विभिन्न पटक फोटो प्रदर्शनीको आयोजना गर्दै आएकै हो । फोटो पत्रकारिताको विकास र प्रवर्दन कालागि समूहको प्रयास निरन्तर जारी छ ।
सोही सिलसिलामा एनएफपिजेले “भुकम्पपछिको नेपाल’’ शीर्षकमा आयोजना गर्न लागेको फोटो प्रदर्शनीकोमा अत्यधिक दर्शकद्वारा मनपराईएका (भ्युवर्स च्वाईस) स्वरूप पहिलोलाई रु ५० हजार, दोस्रोलाई रु २० हजार ,तेस्रोलाई रु १५ हजार र तिन जनालाई रु ५ हजार सात्वना पुरस्कार प्रदान गरिने जानकारी गराइन्छ ।
उक्त फोटो प्रदर्शनीकालागि फोटो पठाउन एनएफपिजेले सम्पूर्ण फोटोपत्रकार,फोटोग्राफर लगायत अन्य सर्बसाधारणलाई भुकम्प र त्यसपछिका पुर्ननिर्माण लगायत विभिन्न क्षेत्रका सामाजीक सास्कृतिक राजनैतीक आर्थिक शैक्षीक सम्बन्धि फोटो पठाउन आब्हान गर्दछौं ।
फोटो प्रदर्शनीमा सहभागिता जनाउनका लागि केही नियमहरू यश प्रकार रहेका छन् ।
फोटो २०७२ बैशाख १२ गते आएको विनासकारी भुकम्प र त्यसपछिको समयावधिमा खिचिएकोे हुनुपर्नेछ । यस्तै भुकम्पको असर र त्यसपछिको पुनर्निर्माणको काम हालसम्म पनि जारी रहेकाले त्यस्ता फोटो पनि पठाउन सकिनेछ । भुकम्प सम्बन्धि फोटो कथा लाई पनि प्राथमिकता दिइनेछ ( बढिमा ५ वटा फोटो ) पठाउनुपर्नेछ । पठाउने फोटोको साईज (कमसेकम) ३०० रिजोलुसनको १२ ईन्च ×१८ ईन्च हाराहारीको (कलर वा स्यास्वेत ) हुनुपर्नेछ । फोटोे बढिमा ३ वटा सम्म पठाउन सकिनेछ । साथै फोटोको क्याप्सन अनिवार्य हुनु पर्ने छ ।
छानिएका फोटोलाई आगामी असार महिनामा काठमाडौको भृकुटीमण्डप लगायत देशका विभिन्न सहरहरुमा हुने शैक्षिक मेला “ईक्यान प्रदर्शनी“ तथा देश-विदेशमा हुने प्रर्दशनीमा राखिनेछ । प्रदर्शनीका लागि छानिएका फोटो फेसवुक मार्फत पनि विश्वभरि प्रर्दशनी गरिने छ ।
इक्यान प्रदर्शनी अवधिभर अत्यधिक दर्शकद्वारा मनपराईएका फोटोहरु (भ्युअर्स च्वाईस) को विजेता छनौट दुई तरिकावाट हुनेछ ।
१. भ्युअर्स च्वाइसको इक्यान प्रदर्शनीको दौरानमा फोटो प्रदर्शनी प्रत्यक्ष हेरेर दर्शकले दिने मत(भोट)को आधारमा ५० प्रतिशत ,र
२. फेसवुकको लाइक तथा सेयरको कमेन्टको आधारमा ५० प्रतिशत मतको निर्धारण हुनेछ ।
फोटो एनएफपीजेको वेवसाईट www.nfpj.org.np मा फारमभरि पठाउनुपर्नेछ साथै इमेल nfpjphotonepal@gmail.com मार्फत पनि पठाउन सकिनेछ। प्राप्त फोटो आयोजक कमिटिले छनौट गरी प्रर्दशनीमा राख्नेछ ।
कस्ता फोटोलाई प्राथमिकता दिईनेछ ?
१.भुकम्पले गरेको विनास र त्यसको प्रत्यक्ष असर
२. भुकम्पपिछको पुनःर्निर्माण ,सास्कृतिक सामाजीक तथा प्रकृति लगायत
३.शैक्षिक क्षेत्र जस्तै विध्यालय र विद्यार्थीलाई भुकम्पले पारेको असर आदि
छानिएका फोटोहरूको एउटा “फोटो किताब’’ प्रकाशित गर्ने पनि एनएफपीजेको योजना रहेको सहर्ष जानकारी गराउदछौ । “फोटो किताब’’ प्रकाशन भएमा
“फोटो किताब’’ मा प्रकाशित फोटोको पारिश्रमिक (रोएल्टी) किताब विक्री भएको (मूल्य हाल निर्धारण नभईसकेको) प्रती किताब को दरमा उपलब्ध गराईनेछ ।
उक्त पुस्तक विक्रि वितरणवाट भएको आम्दानीको २० प्रतिशत रकम भुकम्पवाट प्रभावीत विद्यार्थी तथा विद्यालयलाई प्रदान गरिनेछ । फोटो आईसक्नुपर्ने अन्तिम मिति ३१ जेठ २०७४ ।