राष्ट्रिय फोटो पत्रकार समुहको काभ्रे शाखा घोषणा

Jun 04, 2017

राष्ट्रिय फोटो पत्रकार समुह काभ्रे साखाका नवगठित  तदर्थ समितिका सदश्यहरुसंग  सामुहीक तस्बिर खिचाउर्दै  । फोटो: एनएफपीजे

२१जेठ २०७४, बनेपा

राष्ट्रिय फोटो पत्रकार समुहको काभ्रे साखाको विस्तार भएको छ । काभ्रेको बनेपामा आईतवार आयोजित विशेष समारोहका विच  फोटोपत्रकार केशवराज पौडेलको नेतृत्वमा ७ सदस्यीय  तदर्थ समितिको चयन भएको हो । त्यसैगरि   उपाध्यक्ष पदमा मिना घोरासैनी, सचिवमा  रोजन तामाङ, सहसचिव पदमा जीवन पराजुली, कोषाध्यक्षमा रामसुन्दर आचार्य र सदस्यहरुमा राजकुमार गोले र देवराज केसी रहनुभएकोछ ।

नवगठित पदाघिकारीहरुलाई कार्यक्रमका सभापति तथा केन्द्रिय अध्यक्ष ध्रुब आलेले खादा लगाएर स्वागत गर्नुभएको थियो । भने नवगठित अध्यक्ष पौडेललाई मायाको चिनो प्रदान गर्नुभएको थियो । काभ्रे साखा उद्घाटनका लागि केन्द्रबाट गएको टोलीका केन्द्रिय कोषाध्यक्ष तेज बहादुर बस्नेत, संस्थापक सदश्य हरि प्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठले पनि नवगठित पदाधिकारीहरुलाई स्वागत गर्नुभएको थियो ।

नवगठित काभ्रे साखाका अध्यक्ष केशवराज पौडेललाई मायाको चिनो प्रदान गर्नुहुदै  केन्द्रिय अध्यक्ष ध्रुब आले । फोटो: एनएफपीजे

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ध्रुब आलेले राष्ट्रिय फोटो पत्रकार समुहको काभ्रे साखा कास्की, बाग्लुङ, पार्सा र वारा पछि पाचौ साखा भएको र अन्य विभिन्न साखाहरुको गठनसंगै समूहलाई छिट्टै महासंघको रुपमा घोषणा गरिने बताउनुभयो । प्रमुख अतिथि पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले नेपालमा फोटोपत्रकारिताको महत्वबारे भनाई राख्नुभएको थियो ।   कार्यक्रममा समुहका केन्द्रीय सचिव प्रदिपराज वन्तले नेपालमा फोटोपत्रकार संगठनको महत्वबारे प्रकाश पार्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिना, प्रेस सेन्टरका केन्द्रीय सदस्य यदुनाथ गौतम, जिल्ला अध्यक्ष रामकृष्ण बञ्जारा,प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोईराला लगायतकाले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।