एनएफपीजे भक्तपुर शाखाको घोषणा

Jun 05, 2017

राष्ट्रिय फोटो पत्रकार समुह भक्तपुर साखाका नवनिर्वाचीत पदाधीकारीहरु सामुहीक तस्बिर खिचाउदै । फोटो: एनएफपीजे

२२ जेठ २०७४, भक्तपुर
राष्ट्रिय फोटो पत्रकार समुह(एनएफपीजे) भक्तपुरमा शाखाको  घोषणा भएको छ । भक्तपुरको  नयाँ ठिमीस्थित संखधर पार्टी प्यालेसमा सोमवार  संस्थाका केन्द्रीय अध्यक्ष ध्रुब आलेको अध्यक्षतामा भएको कार्यक्रममा राससका  फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिकोे चयन भएको हो ।

तदर्थ समितिकोे उपाध्यक्षमा रमेश गिरि, सचिवमा जयराम वास्तोला ,सहसचिवमा राम गोपाल तमखु, कोषाध्यक्षमा लक्ष्मि गारु र सदस्यहरुमा विजय कोजु,सुन्दर शिल्पकार,सविना केसी  र सरोज वाडे चयन भएका हुन् ।

नवगठित पदाघिकारीहरुलाई कार्यक्रमका सभापति तथा केन्द्रिय अध्यक्ष ध्रुब आलेले अबिर लगाएर  स्वागत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष   ध्रुब आलेले  भक्तपुर साखा एनएफपीलेको छैठौं र सबैभन्दा नजिकको साखा भएको बताउनुभयो ।  नवनिर्वाचीत पदाधीकारीहरुलाई वधाई दिनुहुदै उहाले भक्तपुर साखामा एनएफपीजेले छिट्टै फोटोपत्रकारिता तालिम लगायत बिभिन्न कार्यक्रम को आयोजना गर्नै प्रतिबद्वता जनाउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ भक्तपुर साखाका अध्यक्ष पुस्कर वुढाथोकीले नव गठित तदर्थ समितिलाई  शुभकामना दिनुहुदैं महासंघले आवश्यक सबै किसिमको सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
राष्ट्रिय फोटो पत्रकार समुह भक्तपुर साखाका नवनिर्वाचीत पदाधीकारीहरु सामुहीक तस्बिर खिचाउर्दै । अध्यक्ष रत्नकृष्ण श्रेष्ठ, उपाध्यक्ष रमेश गिरि, सचिव जयराम वास्तोला ,सहसचिव राम गोपाल तमखु,कोषाध्यक्ष लक्ष्मि गारु र सदस्यहरुमा विजय कोजु,सुन्दर शिल्पकार,सविना केसी र सरोज वाडे । फोटो: एनएफपीजे

त्यसैगरि नवगठित  तदर्थ समिति सदस्यहरुलाई  सुभकामना दिदैं मध्यपुर संचार समाजका अध्यक्ष हरिवहादुर श्रेष्ठले भक्तपुरमा  हाल सक्रिय रुपमा कार्यरत  फोटोपत्रकारहरुलाई तालिम आवश्यक रहेको बताउनुभयो । साथै उहाले  क्यामेरा खरिदकालागि संस्थाले आर्थिक सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा एनएफपीजेका केन्द्रीय सचिव प्रदिपराज वन्तले नेपालमा फोटोपत्रकारको महत्व र एनएफपीजे बारे प्रकाश पार्नुभयो । भक्तपुर साखा उद्घाटनका लागि केन्द्रबाट गएको टोलीका केन्द्रिय कोषाध्यक्ष तेज बहादुर बस्नेत, संस्थापक सदश्य हरि प्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठले पनि नवगठित पदाधिकारीहरुलाई स्वागत गर्नुभएको थियो ।