एनएफपीजे रौतहट शाखाको घोषणा

Jun 06, 2017

२३ जेठ २०७४, चन्द्रनिगाहापुर
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को रौतहट शाखाको विस्तार भएको छ । रौतहटको चन्दनिगाहापुरस्थित होटल हिमालयको सभाकक्षमा मंगलबार आयोजित एक भब्य कार्यक्रकका बिच प्रभात झाको नेतृत्वमा ७ सदस्यीय तदर्थ समितिको गठन भएको हो ।
नयां तदर्त समितिले केहिदिन भित्रै पदको बाडफाडपछि पुर्णता पाउनेछ । रौतहट शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या अब ७ पुगेकोछ । काभ्रे र भक्तपुर साखा हालै विस्तार भएको हो भने पर्सा, वारा, कास्की र वाग्लुङ साखाहरु पहिलेदेखि नै यथावत थिए ।
एनएफपीजेका संस्थापक सदश्य हरि प्रसाद रेग्मीको सभापतित्वमा भएको घोषणा कार्यक्रमका प्रमुख अतिथि चन्दनिगाहापुरका प्रहरि प्रमुख एसपी यादव ढकाल रहनुभएको थियो ।
संस्थापक सदश्य हरि प्रसाद रेग्मीले नवगठित समितिका सदश्यहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाले एनएफपीजेले हाल शाखा विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको र शाखाको विस्तारले महासंघ गठनकालागि सहयोग पुग्ने बताउनुभयो । उहाले शाखा गठनले स्थानिय फोटोपत्रकारहरुलाई हौसला पुग्ने तथा थप ब्यवशायिक बनाउन मद्वत पुग्ने धारणा राख्नुभयो ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) रौतहट शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु । फोटो: एनएफपीजे

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) रौतहट शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु  शाखा विस्तारकालागि राजधानीबाट गएको केन्द्रको टोलीसंग सामूहिक  फोटो खिचाउदै । फोटो: एनएफपीजे

कार्यक्रमका अतिथिहरुमा पत्रकार महासंघ रौतहटका कोषाध्यक्ष रमेश तिमिल्सीना, होटेल ब्यवशायी महासंघका केन्द्रिय महासचिव उदय सापकोटा, चन्द्रनिगाहापुर नेपाली कांग्रेसका सचिव मिनहरि कोईराला , एमाले क्षेत्रिय अध्यक्ष बाबुराम दाहाल, चन्द्रनिगाहापुरका एमाले अध्यक्ष दिगो आचार्य, जिल्ला ट्राफीक प्रहरी प्रमुख राममणी उप्रेतीले नवगठित तदर्थ समितिका सदश्यहरुलाई शुभकामना दिनुभएको थियो ।
एनएफपीजेका पूर्व केन्द्रिय उपाध्यक्ष राम शर्राफको सक्रियतामा  रौतहट शाखाको विस्तार भएको हो । शाखा विस्तारका लागि केन्द्रिय सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेज बहादुर बस्नेत ,संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठको समूह सोमबार राजधानीबाट प्रस्थान गरेको थियो ।