२३ जेठ २०७४, जनकपुर
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) धनुषा शाखाको मंगलबार घोषणा भएकोछ । जनकपुरमा आयोजित एक कार्यक्रमा जयन्त ठाकुरको नेतृत्वमा ७ सदस्यीय तदर्थ समितिको गठन भएको हो ।
धनुषा शाखाको उपाध्यक्ष्मा किरण कर्ण ,सचिवमा गोविन्द महतो ,सहसचिवमा प्रतिमा झा र कोषाध्यक्षमा नेहा झा चयन हुनुभएकोछ । त्यसैगरि तदर्थ समितिका सदश्यहरुमा सोनी साह र राजा झा चयन हुनुभएकोछ । आजै गठित रौतहट शाखासंगै धनुषा शाखा एनएफपीजेको ८ औं शाखा हुनपुुगेकोछ । शाखा विस्तारको कार्यलाई तिब्रता दिदै एनएफपीजले तीन दिनमा ४ वटा जिल्ला शाखाहरु विस्तार गरेको हो ।
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) धनुषा शाखाका नवगठित तदर्थ समितिका सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) धनुषा शाखाका नवगठित तदर्थ समितिका सदश्यहरु । फोटो: एनएफपीजे
एनएफपीजेका संस्थापक सदश्य हरि प्रसाद रेग्मी सभापति रहेको कार्यक्रममा नवगठित समितिका सदश्यहरुलाई खादा लगाएर उहाले स्वागत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले २०५३ असोज ६ मा स्थापना भएको एनएफपीजेले वीस वर्ष पुरा गरिसकेको सन्दर्भमा फोटोपत्रकारिताको क्षेत्रमा यो एक जिम्मेवार संस्थाको रुपमा स्थापित भैसकेको बताउनुभयो । हाल तिब्र रुपमा भैरहेको यसको शाखा विस्तारले संगठनलाई थप बलियो बनाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा प्राज्ञ रामभरोश काक्रीले एनएफपीजे जस्तो फोटोपत्रकारहरुको छाता संगठन आफ्नो शाखा विस्तारकालागि मोफसलमा आएकोमा खुसी ब्यक्त गर्दै स्थानिय फोटोपत्रकारहरुको प्राविधिक क्षमताबृद्विका लागि यसले महत्वपूर्ण अवशर प्रदान गर्ने बताउनुभयो ।
एनएफपीजेका पूर्व केन्द्रिय उपाध्यक्ष राम सर्राफ ,केन्द्रिय सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेज बहादुर बस्नेत ,संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठको समूह शाखा विस्तारका लागि राजधानीबाट प्रस्थान गरेको थियो ।