२४ जेठ २०७४, परासी
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को नवलपरासी शाखाको विस्तार भएको छ । नवलपरासीको परासीमा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले ताराचन्द्र बर्माको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन गरेको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा पुरुषोत्तम शुवेदी ,सचिवमा सद्घाम हुसैन अतारी, सहसचिवमा रबिन्द्र पहाडी, कोषाध्यक्षमा अनिल यादव हुनुहुन्दछ भने सदश्यहरुमा मोहम्मद ईजहार शेष, विवेक भण्डारी, आरजी राना र मोहन पौडेल रहनुभएकोछ ।
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) नवलपरासी शाखाका नवगठित तदर्थ समितिका सदश्यहरु, केन्द्रिय सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेज बहादुर बस्नेत ,संस्थापक सदश्य हरिप्रसाद रेग्मी संग सामूहिक फोटो खिचाउदै । । फोटो: एनएफपीजे
नवलपरासी शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या ११ पुगेकोछ । भेला एनएफपीजेका संस्थापक सदश्य हरि प्रसाद रेग्मीको सभापतित्वमा भएको हो ।
शाखा विस्तारका लागि जिल्ला दौडाहामा गएको टोलीका केन्द्रिय सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेज बहादुर बस्नेत ,संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठले नवगठित तदर्थ समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।