२५ जेठ २०७४, धादिङवेसी
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) धादिङ शा खाको तदर्थ समितिको बिहिबार घोषणा भएकोछ । धादिङको धादिङवेसीमा आयोजित एक कार्यक्रमा नारायण सिलवालको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको तगठन भएको हो ।
धादिङ शाखाको उपाध्यक्ष्मा मनिष दुवाडी, सचिवमा शंकर श्रेष्ठ, सहसचिवमा सरिता श्रेष्ठ, कोषाध्यक्षमा बद्रि अधिकारी हुनुहुन्छ भने सदश्यहरुमा हरिहरशिं राठौंर ,सन्तोष श्रेष्ठ, राजन अधिकारी र सृजना लम्साल चयन हुनुभएकोछ ।
त्यसैगरि धादिङ शाखा तदर्थ समितिको सल्लाहकारहरुमा सीताराम अधिकारी , राजेन्द्र प्रताप शाह, केशव अधिकारी, वांसु श्रेष्ठ र सीताराम प्रसाद वर्मा रहनुभएकोछ ।
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) धादिङ शाखाका नवगठित तदर्थ समितिका सदश्यहरु । फोटो: एनएफपीजे
धादिङ शाखा एनएफपीजेको १३ औं शाखाको रुपमा स्थापित भएकोछ । शाखा विस्तारको कार्यलाई तिब्रता दिदै एनएफपीजले चार दिनमा ९ वटा जिल्ला शाखाहरु विस्तार गर्न सफल भएको छ ।
एनएफपीजेका केन्द्रिय अध्यक्ष ध्रुब आलेको सभापतित्वमा भएको जिल्लाका संचारर्मीहरुको भेलामा नवगठित समितिका सदश्यहरुलाई उहाले अबिर लगाएर स्वागत गर्नुभएको थियो । भेलालाई सम्बोधन गर्दै उहाले धादिङका स्थानिय फोटोपत्रकारहरुलाई केन्द्रसंग समन्बय गर्न र फोटोपत्रकारिताको राष्ट्रिय र अन्तर्राष्ट्रिय संजालमा जोड्न शाखा विस्ताले मद्घत गर्ने बताउनुभयो ।
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) धादिङ शाखाका नवगठित तदर्थ समितिका सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे
प्रमुख अतिथि धादिङ जिल्ला पत्रकार महासंघका अध्यक्ष नवराज छतकुली लगायत संचारकर्मी पत्रकारहरुले नवगठित तदर्थ समितिका सदश्यहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष धु्रब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेज बहादुर बस्नेत ,संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्थ्यो ।