प्रेस विज्ञप्ति
२०७४ जेठ २६
मध्यपुर थिमि नगरपालिका वडा नं. ३ र सूर्यविनायक नगरपालिका वडा नं. ३ को सिमाना भइ बग्ने हुनुमन्ते खोलाको बहाव परिवर्तन गरिएको कार्यको समाचार संकलनका क्रममा केही उत्श्रृङ्खल व्यक्तिहरुले पत्रकारहरुमाथि गरिएको दुव्र्यवहार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मिति २०७४ जेठ २६ गते मध्य राति डोजरले खनेर उक्त स्थानबाट बग्ने हनुमन्ते खोलाको बहाव परिवर्तन गरिएको सम्बन्धमा शनिबार बिहान समाचार तथा फोटो संकलन गर्न पुगेका पत्रकारहरुमाथि त्यहाँ उपस्थित उत्श्रृङ्खल व्यक्तिहरुले गाली गर्ने, धाकधम्की दिने, समाचार प्रकाशन गरिएमा राम्रो नहुने चेतावनीसहित दुव्र्यवहार गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षणसहित आपत्ति रहेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), जिल्ला शाखा भक्तपुरका अध्यक्ष तथा राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ,क्रियाशिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष तथा एनएफपिजे भक्तपुर शाखाका उपाध्यक्ष रमेश गिरी, नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य लिला श्रेष्ठ र मिडिया एनपी डटकमका सुदीपकुमार पौडेलसँग भएको क्यामेरा तथा मोवाइलमा कैद गरिएको फोटो तथा भिडियो डिलेट गर्न धम्की दिनुका साथै पौडेलमाथि हातपातसमेत गरि मोवाइलमा कैद गरिएको फुटेज डिलेट गराएका थिए । यसै सन्दर्भमा अनलाईन खबरका फोटोपत्रकार कविन अधिकारी र करेन्ट नेपाल न्यूज डटकमका फोटोपत्रकार वर्षा शाहलाई समेत अपरान्ह ३ बजे फोटो खिच्दै गर्दा अभद्र व्यवहार गर्नुका साथै गालीगलौच गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारहरुमाथि दुव्र्यवहार गर्ने व्यक्तिको पहिचान गरी कडा कारबाही गर्न समेत माग गर्दछौं । साथै निर्वाध रुपले समाचार तथा फोटो संकलन गर्न पाउने पत्रकारको अधिकारको सुनिश्चत गर्न गराउन सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराउँछौं ।
प्रदीपराज वन्त
सचिव
राष्ट्रिय फोटो पत्रकार समूह,काठमाडौं ।
मितिः २०७४÷०२÷२७