एनएफपीजे लमजुङ शाखाको घोषणा

Jun 22, 2017

५ असार २०७४, वेशीसहर
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को लमजुङ शाखाको विस्तार भएको छ । लमजुङको वेशीसहरमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाले परमेश्वर अधिकारीको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन भएको छ । नवगठित तदर्थ समितिको उपाध्यक्षमा छविलाल बगाले, सचिवमा अनुज अधिकारी, सहसचिवमा समुन्द्र घिमिरे, कोषाध्यक्षमा कासिम राना. हुनुहुन्छ भने सदश्यहरुमा ऋसिराम अधिकारी, दलबहादुर मझाकोटी, कुमार पौडयाल र सिजन श्रेष्ठ रहनुभएकोछ ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) लमजुङ शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

लमजुङ शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या १६ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष धु्रब आलेको सभापतित्वमा भएको हो । नेपाल पत्रकार महासंघ लमजुङका जिल्ला अध्यक्ष आस गुरुङ्गको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष धु्रब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्छ ।