६ असार २०७४, पाल्पा
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को पाल्पा शाखाको विस्तार भएको छ । पाल्पामा पत्रकार र संचारकर्मीहरुको मंगलबार भएको बृहत भेलाले कृष्ण दर्नालको नेतृत्वमा ११ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा मुक्ति प्रसाद न्यौपाने, सचिवमा कृष्ण पोखरेल, सहसचिवमा सुमन गैरे, कोषाध्यक्षमा अमृत अधिकारी हुनुहुन्छ भने सदश्यहरुमा नवराज ज्ञवाली, सुसील नेपाल, डोलराज वि.क.,सुवास वि.क., कमल अधिकारी, र श्रीधर पाण्डेय रहनुभएकोछ ।
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) पाल्पा शाखाका नवगठित तदर्थ समितिका सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे
पाल्पा शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या १८ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष धु्रब आलेको सभापतित्वमा भएको हो । लिल्ला पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल भेलाको प्रमुख अतिथि हुनुहुन्थ्यो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष धु्रब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेज बहादुर बस्नेत ,संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्थ्यो ।