एनएफपीजे इलाम शाखाको घोषणा

Jul 14, 2017

२७ असार २०७४, मंगलबार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को ईलाम शाखाको विस्तार भएको छ । इलामको इलाम बजारमा पत्रकार र संचारकर्मीहरुको मंगलबार भएको बृहत भेलाले राजेश पराजुलीको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा हरि गुरुङ्, सचिवमा गोपाल दाहाल हुनुहुन्छ भने सदश्यहरुमा मुना अधिकारी, किरण पौडेल, घम प्रसाद जवेगु र नविन ढकाल रहनुभएकोछ । सल्लाहकारहरुमा कोकीला ढकाल, रोहित चन्द्र भट्टराई र लक्ष्मीप्रसाद मिश्र रहनुभएकोछ । तदर्थ समितिको सहसचिव र कोषाध्यक्षको चयन भने पछि हुने भएकोछ ।राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) इलाम शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु । फोटो: एनएफपीजे

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) इलाम शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

इलाम शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या २२ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष ध्रुब आलेको सभापतित्वमा भएको हो । इलामका प्रमुख जिल्ला ईन्जिनियर(डीई) ओमराज ढुंगानाको प्रमुख आतित्थ्यमा भेला सम्पन्न भएको थियो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष ध्रुब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्थ्यो ।