काठमाडौंमा “भूकम्प पछिको नेपाल” फोटो प्रर्दशनी

Jul 21, 2017

५ साउन २०७४ बिहिबार
राष्ट्रिय फोटो पत्रकार समुह्  (एनएफपीजे)को योजना भूकम्प पछिको नेपाल फोटो प्रर्दशनी  बिहिबारदेखि काठमाडौंको भृकुटिमण्डपमा शुरु भएकोछ । प्रदर्शनी भृकुटिमण्डपमा आयोजित ११औं शैक्षिक मेला ईक्यान प्रदर्शनी स्थलभित्र राखिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि श्रीलङ्काका राजदुत स्वर्णलता पेरेरा लगायत अतिथिहरुले अवलोकन गर्नुभएयो ।

 नेपालका लागि श्रीलङ्काका राजदुत स्वर्णलता पेरेरा लगायत अतिथिहरु फोटो प्रर्दशनी अवलोकन गर्नुहुदैं । फोटो : एनएफपीजे

फोटो प्रर्दशनी अवलोकन गर्नुहुदैं दर्शकहरु । फोटो : एनएफपीजे

प्रदर्शनीमा २४ जना फोटोपत्रकारहरुले खिचेका ४५ वटा फोटोहरु राखिएकोछ । प्रथम हुनेलाई रु ५० हजार, दितिय  रु २० हजार, तृतियलाई १५ हजार र सान्त्वना ३ जनालाई रु ५ हजार पुरस्कार प्रदान गरिने छ । फोटोहरुलाई प्रत्यक्ष रुपमा अवलोकन गरि  दर्शकले दिएको भोटको ५० प्रतिशत र फेसबुकमा उक्त फोटोहरुलाई प्राप्त लाईकको आधारमा ५० प्रतिशत भोटलाई गन्ती गरि उक्त पुरस्कार निर्धारण गरिनेछ । प्रदर्शनी देशका विभिन्न शहरहरुमा पनि गरिने आयोजक एनएफपीजेको योजना रहेकोछ ।

मेला आयोजक ईकयान र फोटो कन्सर्नको सहकार्यमा भएको फोटो प्रदर्शनी आईतबारसम्म चल्नेछ ।