“भुकम्प पछिको नेपाल” फोटो प्रदर्शनीको ५० हजार पुरस्कार दिपक के.सी.लाई

Jul 24, 2017

९ असार २०७४ सोमबार

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले भुकम्पपछिको नेपाल शिर्षकमा साउन ५ देखि ८ सम्म राजधानीमा आयोजना गरेको फोटो प्रदर्शनीको ५०,२०,१५ र ५ हजार पुरस्कार साषिको अत्यधिक दर्शकले मन पराएको “भ्यूवर्स च्वाईस” को नतिजा अनुशार सबैभन्दा धेरै मत ल्याएर थाहाखबर न्यूजका फोटोपत्रकार दिपक केसीको भक्तपुरकी स्थानिए एक महिलाले २०७२ बैसाख १३ गते आएको महाभुकम्पमा आफ्नो भत्केको घरको पर्खालमा चढेर घरको सामान खोजीरहेको तश्विरले अत्यधिक मत प्राप्त गरेर ५० हजार पुरस्कार जित्न सफल भएकोछ । त्यसैगरि सरोज बादेको भारी वर्षा भैरहेको बेला पालमुनि ओत लिईरहेको भुकम्पपिडत एक बुवा छोरीको तश्विरले २० हजारको पुरस्कार जित्न सफल भएकोछ । दिपक केसीकै भुकम्पपछि पुनर्निर्माण भैरहेको काठमाठौंको बौंद्धस्थित बौद्धनाथ स्तुपको तश्विरले १५ हजार पुरस्कार प्राप्त गरेकोछ ।

प्रथम: दिपक के.सी.

दोश्रो :सरोज वादे

तेश्रो: दिपक के.सी.

त्यसैगरि दि हिमालयन टाईम्सका फोटोपत्रकार स्कन्द गौतमको भुकम्प पिडित एक परिवारले सडकमा वांस लिईरहेको तश्विरले ५ हजारको सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएकोछ , भने दि हिमालयन टाईम्सकै अर्का फोटोपत्रकार राजेश गुरुङ्गको २०७२ बैसाख १३ गते आएको भुकम्पले भत्काएको घरमा च्यापिएको अवस्थामा उद्वार हुदैगरेको तश्विर र भुकम्पको पहिलो झट्काले घरहरु भत्काउदैगर्दाकोे ललितपुरको खोकना गाउको उनै राजेश गुरुङ्गको तश्विरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएकोछ ।

सान्त्वना: स्कन्द गौतम

सान्त्वना: राजेश गुरुङ्ग

सान्त्वना: राजेश गुरुङ्ग

राजधानीको भृकुटिमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजित शैक्षिक प्रदर्शनी ईक्यान परिशरभित्र गरिएको उक्त फोटो प्रदर्शनी प्रत्येक्ष हेरेर भोट दिएको आधारमा ५० प्रतिशत र फेसबुक लाईकको आधारमा ५० प्रतिशत गरि प्राप्त कुल दर्शकको भोटको आधारमा पुरस्कार निर्धाण गरिएको हो । प्रदर्शनीमा २४ जना फोटोपत्रकारले खिचेका कुल ४५ वटा फोटोहरु राखिएका थिए । फोटो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)र शैक्षिक प्रदर्शनी ईक्यान आयोजक ईक्यानसंगको सहकार्यमा सम्पन्न भएको हो भने , फोटो कन्सर्न प्रिन्ट पार्टनरको रुपमा रहेको थियो । विजेताहरुलाई केहिदिनभित्र एक विशेष समारोहका विच पुरस्कार प्रदान गरिनेछ ।