काठमाडाै, १६ साउन , सोमबार
राष्ट्रिय फाेटाे पत्रकार समूह(एनएफपीजे)ले अागामी पुस महिनाकाे २,३,४ र ५ गते तदनुसार डिसेम्बर १७,१८,१९ र २० मा नेपाल प्रिन्टिङ एण्ड फाेटाे एक्स्पाेकाे अायाेजना गर्ने भएकाेछ । काठमाडाैमा हुने एक्स्पाेमा प्रिन्टिङ र फाेटाेग्राफी सम्बन्धि अन्तर्राष्ट्रिय उत्पादक कम्पनी तथा उत्पादक कम्पनीका स्थानिय वितरक संस्था, ईलेक्ट्राेनिक्स कम्पनी लगायत त्यससंग सम्बन्धित विभिन्न ब्यापारिक संस्थाहरूले भाग लिनेछन् ।
प्रिन्टिङ तथा फाेटाेग्राफीकाे नयां प्रविधिबारे उत्पादक,वितरक र प्रयोगकर्ताबिच प्रत्यक्ष छलफल र जानकारी गराउने अवशर एक्स्पाेले प्रदान गर्ने उदेश्य लिईएकाेछ भने प्रिन्टिङ र फाेटाेग्राफी क्षेत्रसंग सम्बन्धित ब्यवशायीहरू र प्रयोगकर्ताहरू उक्त एक्स्पाेबाट लावान्वित हुने अपेक्षा गरिएकाेछ ।
एक्स्पाेका मुख्य प्रायाेजक हेवी हेल्प लिङ्क प्रा.लि. का प्रवन्ध निर्देशक राकेश श्रेष्ठ र एनएफपीजेका तर्फबाट एक्स्पाे संयाेजक हरि प्रसाद रेग्मी संझाैतापत्रमा हस्ताक्षर पछि हात मिलाउदैं साथमा हेवी हेल्प लिङ्क प्रा.लि. का निर्देशक विमल चित्रकार (वांया) तथा एनएफपीजे केन्द्रिय अध्यक्ष ध्रुब आले (दायांबाट दोश्रो )। फोटो :एनएफपीजे