एनएफपीजे शुनसरी शाखाद्वारा एकदिने फोटोपत्रकारिता तालिम सम्पन्न

Jul 31, 2017

धरान १५ साउन शनिबार
एनएफपीजे जिल्ला शाखा शुनसरीको आयोजनामा शनिबार धरानमा फोटोपत्रकारिताका लागि फोटोग्राफी शिर्षकमा एकदिने तालिम सम्पन्न भएकोछ । धरान स्थित विपी कोईराला मेमोरियल अस्पतालको हलमा भएको गोष्ठिमा स्थानिय प्रध्यापक कुलप्रसाद लिम्बुले क्यामेराको प्राविधिक पक्षको बारेमा प्रशिक्षण दिनुभएको थियो । फोटोपत्रकारिता बारेमा विशप ताम्राकार तथा एनएफपीजे शुनशरी शाखाका अध्यक्ष यात्रा थुलुङले पनि फोपत्रकारिता र फोटोग्राफीकाबारेमा प्रशिक्षण दिनुभएको थियो ।


धरानका उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले गोष्ठिको उद्घाटन् गर्नुभएको थियो । गोष्ठि आयोजनाका लागि नेपाल पत्रकार महासंघ शुनसरी शाखा र विपी कोईराला मेमोरियल अस्पताल धरानले सहयोग गरेको हो । गोष्ठिमा फोटोपत्रकारितामा हाल सक्रिय तथा फोटोपत्रकारितामा रुचि राख्ने स्थानिय करिब २५ जना फोटोपत्रका र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।