घोराही, २७ साउन २०७४, शुक्रबार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को दाङ शाखाको विस्तार भएको छ । दाङ को घोराहीमा पत्रकार र संचारकर्मीहरुको शुक्रबार भएको बृहत भेलाले युगवोध दैनिकका फोटोपत्रकार कुलदिप न्यौपानेको नेतृत्वमा तदर्थ समितिको गठन भएको हो ।तदर्थ समितिले केहिदिनभित्रै पूर्णता पाउनेछ ।
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) दाङ शाखाका नवगठित तदर्थ समितिका सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे
दाङ शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या २६ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष ध्रुब आलेको सभापतित्वमा भएको हो । भने नेपाल पत्रकार महासंघ जिल्ला शाखा दाङका अध्यक्ष शविन प्रियाशन कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष ध्रुब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, संस्थापक सदश्य हरिप्रसाद रेग्मी र एनएफपीजे जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष मनोज पौडेल हुनुहुन्थ्यो ।