पोखरा ३० साउन २०७४, सोमबार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को कास्की शाखाको छैठौ अधिवेशन सम्पन्न भएकोछ । कास्की को पोखरामा सोमबार भएको अधिवेशनले ईन्द्र प्रसाद पौडेलको को नेतृत्वमा ७ सदस्यीय कार्यसमितिको गठन भएको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा नारायणप्रसाद आचार्य,सचिवमा दुर्गाप्रसाद पौडेल, सहसचिवमा संजय शाक्य, कोषाध्यक्षमा सूरज श्रेष्ठ हुनुहुन्छ । कार्यसमितिको सदश्यहरुमा भूपाल गुरुङ्ग र उमेश पुन रहनुभएकोछ ।
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) कास्की शाखाका नवगठित कार्यसमितिका सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे
अधिवेशनका प्रमुख अतिथि एनएफपीजेका केन्द्रिय अध्यक्ष ध्रुब आले हुनुहुन्थ्योे । उक्त अवशरमा अध्यक्ष आलेले एनएफपीजेलाई छिट्टै महासंघ घोषणा गरिने बताउनुहुदै नेपालमा फोटोपत्रकारको हक र अधिकारको सुनिश्चितताका लागि एनएफपीजेले उल्लेख्य भूमिका खेल्ने उल्लेख गर्नुभयो । एनएफपीजेका केन्द्रिय सचिव प्रदिपराज वन्त र एनएफपीजे जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष मनोज पौडेललेपनि अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो ।
अधिवेशनपछि बसेको कार्यसमितिको पहिलो बैठकले राम गुरुङ्गको संयोजकत्वमा एनएफपीजे जिल्ला शाखाको सल्लाहाकार समितिको गठन गरेको छ जस्को सल्लाहाकार सदस्यहरुमा पूर्व अध्यक्ष ओम लामा, पूर्व अध्यक्ष कृष्णमणी बराल, सुदर्शन रञ्जित र प्रदिप पौडेल रहनुभएको छ ।
त्यसैगरि बैठकले एनएफपीजे जिल्ला शाखाकाको आर्थिक उपसमिति पनि गठन गरेकोछ । उक्त समितिको संयोजक प्रदिप पौडेल रहनुभएको छ भने अन्य सदश्यहरुमा राम गुरुङ्ग, पूर्व अध्यक्ष ओम लामा, पूर्व अध्यक्ष कृष्णमणी बराल, सुदर्शन रञ्जित, भुपाल गुरुङ्ग, उमेश पुन र अशेष शाक्य हुनुहुन्छ ।