एनएफपीजे बर्दिया शाखाको घोषणा

Aug 16, 2017

गुलरिया २७ साउन २०७४, शुक्रबार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को बर्दिया शाखाको विस्तार भएको छ । बर्दियाको गुलरियामा पत्रकार र संचारकर्मीहरुको शुक्रबार भएको बृहत भेलाले यादव आचार्यको नेतृत्वमा ७ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा कृष्ण प्रसाद वस्याल,सचिवमा लक्ष्मण ढुंगाना, सहसचिवमा दुर्गा आचार्य, कोषाध्यक्षमा विष्णु अधिकारी हुनुहुन्छ भने सदश्यहरुमा मेघराज सिग्देल र गोमा विष्ट रहनुभएकोछ ।

 

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) बर्दिया शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

एनएफपीजे बर्दिया शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे
बर्दिया शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या २७ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष ध्रुब आलेको सभापतित्वमा भएको हो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष ध्रुब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, संस्थापक सदश्य हरिप्रसाद रेग्मी र एनएफपीजे जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष मनोज पौडेल हुनुहुन्थ्यो ।