धरान २१ भदौं २०७४, बुधबार
भोक्राहा गाउपालिका ५ मा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले २ सय जनाचमार बस्तीका बाढी पीडित बालबालिका, यूवा र महिलालाई नया कपडा वितरण गरेको छ । बाढीको कारण खाद्यान्न र लत्ताकपडा बगाएपछि उक्त बस्तीका बालबालिका कपडाविहिन बनेका थिए ।
राहत स्वरुप एनएफपीजे केन्द्रिय कार्यालयले राजधानीबाट चमार बस्तीकालागि पठाएको कपडा भोक्राहा गाउंपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव, सुनसरी प्रहरी प्रमुख विद्यानन्द माझी, पत्रकार याम प्रधान, नापी कार्यालयका सर्वेक्षक इन्द्रनारायण साह र वडाध्यक्ष बसुरुद्धिन मंसुरीले वितरण गरेका छन् ।
फोटो: एनएफपीजे
सुनसरीको भोक्राहा गाउपालिका ५ काचमार बस्तीका बाढी पीडितलाई एनएफपीजेले उपलब्ध गराएको कपडा वितरण गर्दै गाउपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव र सुनसरी प्रहरी प्रमुख विद्यानन्द माझी । फोटो: एनएफपीजे
फोटो: एनएफपीजे
राहत वितरणमा गाउं पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले भोक्राहामा सबैभन्दा बढी बालिनाली र खाद्यान्न नष्ट भएकाले अनिकाल लाग्ने संभावना रहेको र पत्रकारहरुबाट उपलब्ध राहतलाई स्वागत योग्य भएको बताए । उनले भोक्राहाका अन्य क्षेत्रमापनि राहत वितरण गरिदिनआग्रह समेत गरे । कार्यक्रममा एनएफपीजे सुनसरी शाखाका अध्यक्ष यात्रा राई थुलुङले पेशागत जिम्मेवारीबाट माथि उठेर विपतका बेलामा मानविय सहयोग गर्नुपर्ने हामी संचारकर्मीको पनि दायित्व भएको बताउदै त्यहि दायित्व पुरा गर्न राहत वितरण गरिएको बताए ।