महेन्द्रनगर, २ असोज २०७४, सोमबार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को कञ्चनपुर शाखाको विस्तार भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाले प्रकाश भट्टको नेतृत्वमा सात सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा पुष्कर भट्ट ,सचिवमा राजेन्द्र सिंह विष्ट, सहसचिवमा भाष्कर के.सी., कोषाध्यक्षमा डिल्लीराज पन्त हुनुहुन्छ भने सदश्यहरुमा होम योगी र पदम भट्ट रहनुभएकोछ । कञ्चनपुर शाखाको सल्लाहकारहरुमा अरुण प्रसाद भट्ट,गणेश भट्ट, राजेन्द्र प्रसाद भट्ट र विष्णु ज्ञवाली हुनुहुन्छ ।
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) कञ्चनपुर शाखाका नवगठित तदर्थ समितिका सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे
कञ्चनपुर शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या ३१ पुगेकोछ । भेला एनएफपीजेका संस्थापक सदस्य हरि रेग्मीको सभापतित्वमा भएको हो । भेला नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य श्याम भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
शाखा विस्तारका लागि एनएफपीजे संस्थापक सदस्य हरि रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ कार्यक्रममा सहभागि हुन राजधानीबाट शुर्खेत जानुभएको थियो ।