काठमाडौं, ४ पुस २०७४ मंगलबार
राष्ट्रिय फोटो पत्रकार समूह(एनएफपीजे) का अध्यक्ष ध्रुब आले हालै चिनमा शरु भएको नेपाल सम्बन्धी अन्त र्राष्ट्रिय फोटो प्रतियोगिताको उद्घाटन् कार्यक्रममा सहभागि भई हालै स्वदेश फर्किनुभएकोछ ।
चिनको सिछुवान प्रान्तस्थित छन्तु सहरमा पुस २ तदनुसार १७ डिसेम्बर २०१७ मा भएको उक्त प्रतियोगिताको चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले उद्घाटन् गर्नुभएको थियो । उद्घाटन् कार्यक्रममा प्रतियोगितामा भाग लिन नेपाल आउने पहिलो चिनियाँ फोटोग्राफरको टोलीलाई राजदूत पौडेलले विदाई गर्नुभएको थियो ।
फोटो: एनएफपीजे
उद्घाटन् समारोहलाई सम्बोधन गर्नुहुदै राजदूत पौडेलले नेपालको पर्यटन प्रवद्र्धन गर्न फोटो प्रतियोगिता कोशेढुंगा सावित हुने बताउनुभयो । उहाले चीन नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत भएको उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा छन्तु सहर, सिछुवान प्रान्त र चीन सरकारले गर्दै आइरहेको सहकार्यका लागि आभार ब्यक्त गर्नुभएको थियो ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा बेइजिंगस्थित नेपाली राजदूताबास, सिछुवान प्रान्तीय र छन्तु नगर सरकार, स्थानिय ब्यवशायिक फोटोग्राफर तथा फोटोग्राफी सम्बन्धित क्लब तथा संघहरु, पर्यटनसँग सम्बन्धित स्थानीय संघसंस्था लगायतको सहकार्यमा उक्त कार्यक्रम साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो ।
प्रतियोगिता अवधिभर सन् २०१८ मा अनुमानित २० हजार चिनियाँ फोटोग्राफरले नेपाल भ्रमण गर्नेे र उनीहरुले खिचेका फोटोलाई प्रतियोगितामा समावेश गरिने बताईएकोछ । एनएफपीजेको अध्यक्षको हैसियतले आलेले प्रतियोगिताको निर्णायक मण्डलको भुमिका निभाउनुहुनेछ ।
सोहि अवसर पारेर छन्तु सहरस्थित दैनिक एक लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने पर्यटकीय क्षेत्र वाइड एण्ड न्यारो एलेमा छ दिने नेपालसम्बन्धी फोटो प्रदर्शनी पनि सम्पन्न भएकोछ ।