प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उपराष्ट्रपति ज्यूबाट उद्घाटन हुने

Jan 31, 2018

काठमाडौं १५ माघ २०७४ सोमबार
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि माघ १९, २० र २१ गते तदनुसार ( फेब्रुअरि २,३ र ४ ) मा काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्सपोको समुद्घाटन् सम्माननिय उपराष्ट्रपति नन्द किसोर पुन ज्यूले गर्नुहुनेछ । उक्त कुरा एनएफपीजेले राजधानीको दरबारमार्ग्स्थित होटेल अन्नपूर्णमा सोमबार दोश्रो पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।
एक्स्पो बारे जानकारी गराउदै एक्स्पो संयोजक हरि रेग्मीले एनएफपीजेले हेवी हेल्प लिंकको मूख्य प्रायोजनमा नेपालमा पहिलो पटक प्रिन्टिङ र फोटोग्राफ्रीको एक्पो २०७४ को आयोजना गर्न लागेको जानकारी गराउनुभयो । हेवी हेल्प लिंकले नेपालमा प्रिण्टिङ र फोटोग्राफीका विभिन्न उपकरणहरुको आयात गरी विक्रिवितरण गर्दै आएको छ । एक्स्पोको विभिन्न ईभेन्ट म्यानेजमेन्टको कार्यमा सफलता हासिल गरेको वन अप प्रा.लि. को ब्यवस्थापन रहेको बताउनुभयो । नेपाल मुद्रण ब्यवशायि संघ(एफएनपीए) पनि एक्स्पोको आयोजक रहेको छ भने काठमाडौं फोटोग्राफर संघ (केपीए) एक्स्पोको सह आयोजक रहेको छ । फोटो कन्सर्न यसको गोल्ड स्पोन्सर रहेकोछ भने मर्कन्टाईल सिल्भर स्पोन्सर र पाटन प्याथ ल्याब ब्रोन्ज स्पोन्सरको रुपमा रहेकोछ ।

सोमबार आयोजित पत्रकार सम्मेलन । फोटो: एनएफपीजे

पत्रकार सम्मेलनमा उहाले अन्तर्र्रािष्ट्रय स्तरको प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो नेपालमा पहिलोपटक हुन लागेको उल्लेख गर्नुहुदै प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डका उत्पादनहरुको एक्स्पोमा सहभागिता हुने भएको बताउनुहुदै अमेरिका, जापान, कोरिया ,चिन, ताईवान, भारत लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले एक्स्पोमा प्रत्येक्ष रुपमा सहभागिता जनाउने उल्लेख गर्नुभयो ।
एक्स्पोमा ठूला र साना गरि कुल १ सय वटा स्टलहरु रहने तथा प्रदर्शनी स्थलमा कार्यशाला गोष्ठी, अन्तक्र्रिया , फोटो सेशन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिने र प्रदर्शनी स्थलमा फुड स्टलको समेत ब्यवस्था गरिएका्े संयोजक रेग्मीले बताउनुभयो ।

      

सोमबार आयोजित पत्रकार सम्मेलन । फोटो: एनएफपीजे

प्रिन्टिङ तर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफी तर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाईल, ल्यापटप ,कम्प्युटर, वित्तीय तर्फ बैङ्ग तथा बीमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरु, ईष्टिच्युटहरु, प्रकाशनगृह लगायतको सहभागिता रहने पत्रकार सम्मेलन संयोजक रेग्मील जानकारी गराउनुभयो । साथै एक्स्पोले नेपालमा मात्रै नभएर समग्र दक्षिण ऐसियामा यो एक्स्पोले महत्व राख्ने उल्लेख गर्नुभयो । उहाले एक्स्पोको मुख्य उद्देश्य सबै प्रिन्टिङ तथा फोटोग्राफी क्षेत्रलाई समेट्ने प्रयास नै हो भन्नुभयो । उदाहरण स्वरुप, हाल हामीले प्रयास गरेअनुसार औधोगिक प्रिन्टर, कमर्शियल प्रिन्टर, प्रिन्टिङ प्रेस र क्यामरा तथा फोटोग्राफीसँंग सम्बन्धित सबै क्षेत्रलाई एक्स्पोमा समेट्ने प्रयास गरेको रेग्मीले उल्लेख गर्नुभयो । साथै एक्स्पोमा एनएफपीजेका विभिन्न जिल्ला शाखाहरुको उल्लेख्य मात्रामा सहभागिता हुने कुरा पनि पत्रकर सम्मेलनमा जानकारी दिईयो । एक्स्पो यसअघि पुस महिनाका लागि तय भएको थियो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुदैं मुख्य प्रायोजक हेवी हेल्प लिंकका महाप्रवन्धक राकेश श्रेष्ठले एक्स्पोले प्रिन्टिङ र फोटोग्राफीको क्षेत्रमा भएका नया प्रविधिका बारेमा जान्ने अवशर मिल्ने बताउनुभयो । पत्रकार सम्मेलनमा एनएफपीजेका अध्यक्ष ध्रुब आले, एनएफपीजेका सचिव प्रदिपराज वन्त , नेपाल मुद्रण ब्यवशायि संघ(एफएनपीए)का अध्यक्ष माधव केसी, काठमाडौं फोटोग्राफर संघ (केपीए)का अध्यक्ष भवदेव थापा, हेवी हेल्प लिंकका प्रबन्ध निर्देशक विमल चित्रकार , वन अप ईभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक रविशंकर झा, फोटो कन्सर्नका प्रमुख कार्यकारी निर्देशक दिनेश अर्याल, फोटो हलिउडका प्रबन्ध निर्देशक विरेन्द्र शाह, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा लगायतले पनि बोल्नुभएको थियो ।